भारतमा गुहार माग्न जाँदा मधेसी नेताको बेइज्जत...

कुविक एनपी न्युज
काठमाण्डु, १६ मंसिर : तराई मधेस आन्दोलनलाई समर्थन जुटाउन भारत गएका मधेसी नेतालाई भारतीय नेताले नचिनेको खुलेको छ । प्रभु शाहको नेतृत्वमा गएको मधेसी नेताको टोलीले भारतमा प्रमुख प्रतिपक्षीय कंग्रेस आईका नेता शशी थरुरसँग भेटवार्ता गरे ।sasitahru
भेटमा मधेसी नेताले आफूसँग मधेस आन्दोलनमा कंग्रेसको समर्थनका लागि आग्रह गर्न मधेसी नेता आफूलाई भेट्न आएको भनेर ट्वीट त गरे तर, प्रभु शाहको नामलाई प्रकास शाह लेखिदिए । यदी मधेसी नेतासँग उनको राम्रो सम्बन्ध हुन्थ्यो भने सायद उनले नाम लेख्न गल्ती गर्ने थिएनन् ।
यसरी नेतृत्व गरेर गएका नेताकै नाम गलत लेखिएपछि यतिबेला सामाजिक संजालमा यो विषयले चर्चा पाएको छ । पछिल्लो समय मधेसी नेताको केही टोली मधेस आन्दोलनमा भारतको समर्थन जुटाउन लागि परेका छन् ।
