नाकाबन्दी हुनुमा नेपाल र भारत दुबै दोषी छन्ः अशोक मेहता

काठमाडौं– नेपाल मामलामा जानकार मानिएका भारतीय पूर्वमेजर जनरल अशोक मेहता काठमाडौं आएका छन् । नेपाल आएलगत्तै अनौपचारिक भेटवार्तामा सक्रिय रहेका मेहताले नाकाबन्दी हुनुमा नेपाल र भारत दुबै दोषी भएको बताए ।
बुधबार राजधानीमा नेपाल–भारत सम्बन्धबारे एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले जसले नाकाबन्दी गरेको भएपनि अहिले भएको नाकाबन्दी नै हो भन्दै यसो हुनुमा नेपाल र भारत दुबै दोषी भएको बताए ।

उनले नाकाबन्दी तोड्दै आफू नेपाल आइपुगेको भन्दै अब नाका खुलाउन दुबै पक्षले पहल गर्नुपर्नेमा जोड दिए ।
सन् १९५० मा भएको शान्ति तथा मैत्री सन्धी यताका सबै महत्वपूर्ण परिवर्तनमा भारतको कुनै न कुनै भुमिका रहेको बताउँदै पछिल्लो परिवर्तनमा समेत भारतको शुभेक्षा आवश्यक भएको उनले बताए ।

पछिल्लो समय नेपालमा भारतविरोधी भावना बढेकोप्रति संकेत गर्दै मेहताले नेपालमा बढी भावनात्मक बहस भइरहेको बताए । नेपालीहरुले भावनामा बहकिएर धारणा बनाउने गरेका कारण समेत समस्या समाधानमा जटिलता थपिने गरेको उनको भनाई छ ।

भारतको सुरक्षा चासोमा कुनै परिवर्तन नभएको भन्दै मेहताले त्यसलाई १९५० को सन्धिका कारण खुला रहेको नेपाल भारत सीमा र चीनलाई जोडेर हेर्नुपर्ने उनको भनाई थियो ।

सो अवसरमा भारतले नेपालको हरेक समस्यामा साथ र सहयोग गर्दै आएपनि सधै आलोचना हुने गरेको समेत मेहताले गुनासो गरेका थिए ।source:ratopati

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.