रेखालाई पैसा ठगीको आरोप लगाउने प्रकाशले माफी मागे

नायिका रेखा थापाले कार्यक्रममा आउँछु भनेर १ लाख लिएर पनि नआएको भन्दै केही दिन अगाडि ‘नमस्ते खोटाङ’का संयोजक प्रकाश पुरीले आरोप लगाएका थिए । उनले प्रहरीमा उजुरी गर्न गएको समेत जानकारी अनलाइनखबरलाई गराएका थिए । रेखाले कार्यक्रममा आउँछु भनेर नआएको र धोका दिएको भन्दै प्रकाशले उनीमाथि ठगीको आरोप समेत लगाएका थिए ।

तर, त्यसको केही दिनमै उनले फेसबुकमा स्टाटस लेख्दै रेखासँग क्षमा मागेका छन् । रेखालाई आफूले लिखित संझौता नगरेकाले कार्यक्रममा ल्याउन नसकेको उनको भनाई छ ।

गणेश पुरीको नामबाट रेखालाई पठाइएको रकम फिर्ता हुन नसक्नुको कारण खुलाउँदै उनले लेखेका छन्-‘उहाँले रकम पठाउने मान्छेसँग कहिल्यै कुरा नभएको र रकम सोही कार्यक्रम वापत आएको हो होइन भन्ने समेत यकिन नभएकोले कार्यक्रममा नआएको पछि सम्पर्क भएपछि स्पष्ट पार्नुभयो ।’ प्रकाशले संचार माध्यममा आएको समाचारले अनावश्यक मानमर्दन र क्षती पुग्न गएकोमा रेखाको चरित्र हत्या गर्ने, विवादित बनाउने या अन्य कुनै पनि गलत नियत नभएको भन्दै माफी मागेका छन् ।

नायिका थापाले भने आफू खोटाङ जान खोज्दा खोज्दै पनि विभिन्न कारणले पुग्न नसकेकोमा दुख व्यक्त गरेकी छिन् । अरु कुनै समयमा खोटाङ जाने रेखाको प्रतिवद्धता छ ।source:onlinekhabar

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.