नायिकाकाे अात्महत्याबारे पाँच घन्टा सोधपुछ, यस्तो भने ब्वाईफ्रेण्डले
![](http://1.bp.blogspot.com/-N8gMoT-hDik/VAoWqa7MhVI/AAAAAAAABxY/lMgXKZbV-Vo/s1600/videoclics.png)
मुम्बई । भारतीय टेलिभिजन सिरियल ‘बालिका बधु’ कि कलाकार प्रत्युषा बनर्जीको आत्महत्याको विषयलाई लिएर उनका ब्वाईफ्रेण्ड राहुल राजसँग ५ घन्टा सोधपुछ गरेको छ ।
सोधपुछपछि अझैपनि उनलाई सोधपुछका लागि बोलाउन सक्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
प्रत्युषाले आफ्नो पिठ्युमा पनि आफ्नो ब्वाईफ्रेण्ड राहुल राज सिंहको नामको ट्याटु समेत खोपाएकी थिइन् । पाँच घन्टाको सोधपुछपछि राहुल बाहिर निस्किएपछि यो कुरा बाहिर आएको हो । प्रहरीले उनीसँग प्रत्युषासँग झगडा भएको विषयमा समेत सोधपुछ गरेको थियो ।
प्रहरीसँगको बयानमा उनले आफ्नो प्रत्युषासँग कुनै झगडा नभएको र उनीमाथि हात उठाएको विषयमा पनि अस्वीकार गरेका छन् । उनीमाथि शुक्रबार प्रत्युषासँग झगडा परेको आरोप लागेको छ ।
स्रोतका अनुसार उनीहरुबीच विवाद बढ्दै गएपछि राहुलले प्रत्युषामाथि थप्पड प्रहार गरेका थिए । तर उनले प्रहरीसँगको बयानमा यसलाई अस्वीकार गरेका हुन् ।
प्रहरीले प्रत्युषाको कोठमा झगडा भए नभएको विषयमा थप जानकारी पाउनका लागि सीसीटिभी क्यामेराको जाँच गर्ने तयारी गरेको छ ।
प्रत्युषाको परिवारले आत्महत्याका विषयमा प्रश्न उठाइरहेको छ भने राहुलको परिवारले उनको बचाउ गरिरहेको छ । आत्महत्याको कारण खोजी भइरहेका बेला प्रत्युषाको भने अन्तिम संस्कार गरिएको छ ।
![](http://1.bp.blogspot.com/-N8gMoT-hDik/VAoWqa7MhVI/AAAAAAAABxY/lMgXKZbV-Vo/s1600/videoclics.png)