फिस्टेल एयरकाे हेलिकाेप्टर दुर्घटना, पाइलट सहित ७ काे मृत्यु
दुर्घटनामा मृत्यु भएकाहरुको शव निकाल्ने प्रयास गर्दै सुरक्षाकर्मी। तस्विरः निराजन पाैडेल
नुवाकाेट- गाेरखाबाट काठमाडाैंका लागि उडेकाे फिस्टेल एअरकाे हेलिकप्टर नुवाकाेट जिल्लाकाे बेलकाेट गाविस-८ बेतिनीमा दुर्घटनाग्रस्त भएकाे छ। दुर्घटनमा परी हेलिकप्टरमा सवार सबै ७ जनाकाे मृत्यु भएकाे छ। फिस्टेल एयरका रमेश शिवाकाेटीका अनुसार चालक क्याप्टेन रञ्जन लिम्बु, दुई वर्षमुनीका एक बालक र पाँच यात्रुको घटनास्थलमै मृत्यु भएकाे हाे।
दुर्घटनमा मृत्यु हुनेहरूकाे पहिचान गर्नेक्रम जारी रहेकाे उनले जनाए।
दुर्घटनमा परी हेलिकप्टरमा सवार सबै ६ जनाकाे मृत्यु भएकाे फिस्टेल एयरका रमेश शिवाकाेटीले नागरिकन्युजलाइईबताए। उनका अनुसार चालक क्याप्टेन रञ्जन लिम्बु, दुई वर्षमुनीका एक बालक र अन्य चारजनाकाे मृत्यु भएकाे हाे।
सुत्केरी महिलालाई उपचारको लागि काठमाडौं ल्याउन गोर्खा गएकाे हेलिकप्टर काठमाडाैं फर्किँदा दुर्घटनामा परेकाे हाे।
प्रत्यक्षदर्शीका अनुसार घटनास्थल नजिकै धुँवाकाे मुस्लाे देखिइरहेकाे छ।
घटनास्थलतर्फ प्रहरीकाे दुइवटा टाेली परिचालन गरिएकाे छ। जिल्ला प्रहरी कार्यलय नुवाकाेटकाे टाेली र सशस्त्र प्रहरी तालिम केन्द्र ककनीकाे टाेली परिचालत छ।
बेल्कोट र मदनपुर गाविसको सीमामा पर्ने डाँडोबाट धुँवा आइरहेको छ। साे स्थानमा घना जंगल छ।
दुर्घटनामा परेको हेलिकोप्टरको फाइल फोटो


