को–को थिए दुर्घटनाग्रस्त फिस्टेल एयरको हेलिकप्टरमा ?नाम सहित हेर्नुहोस

काठमाडौँ -गोरखाबाट काठमाण्डौका लागि उडेको  फिस्टेल एयरको हेलिकप्टर नुवाकोटको बेल्कोट गाविसस्थित बेतिनी जंगलका दुर्घटनाग्रस्त भएको छ ।

नाईन एनएकेए कल साईन भएको उक्त हेलिकोप्टर सोमबार दिउसो नुवाकोटको  बेतिनी जंगलमा दुर्घटनाग्रस्त भएको खबर प्राप्त भएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोख्रेलले बताए । उनका अनुसार घटनास्थलतर्फ अहिले सुरक्षाकर्मीतर्फ पठाइसकिएको बताए ।


Fishtail-airमदनपुर ९ मा धुवा आईरहेको देखिएको नुवाकोटका एसपि देवबहादुर बोहोराले पनि बताए । ‘हामीले मदनपुर ९ मा धुवा आईरहेको देखिरहेका छौँ’ बोहोराले रातोपाटीसंग भने ‘डिएसपि ऋषिराम सापको नेतृत्वको टोली पुगीसकेको छ, हामी पनि जाँदैछौँ ।’

स्थानीयका अनुसार बेतिनी जंगलमा बेस्सरी धुवाँ आइरहेको छ । बेतिनी बन पारीपट्टी पर्ने मदनपुर ९ पाखुरेका स्थानीयले हेलिकोप्टर बेतिनी जंगलमा खसेको भन्दै प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएका थिए ।

fishtail-air-crashपाईलट रञ्जन लिम्बुले चलाएको हेलिकोप्टरमा चालक सहित ७ जना रहेको गोरखाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले पुष्टि गरे ।

फिस्टेल एयरका अपरेशन एन सेल्स शाखाका रमेश शिवाकोटीले नुवाकोट आउँदासम्म सम्पर्कमा भएको हेलिकोप्टर त्यसपछि सम्पर्क बिहीन भएको रातोपाटीलाई बताए ।

गोरखाबाट बिरामी लिएर उडेको

गोरखाको सिर्दीबास -८ फिलिमबाट सुत्केरी लिएर काठमाडौंका लागी उडेको थियो ।

गोरखाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार सोमबार मध्यान्ह ११ः४५ मा हेलिकप्टर काठमाडौंका लागि उडेको थियो ।

fishtail-air-crash-2को–को थिए हेलिकप्टरमा ?

गोरखाका एसपी जनक पाण्डेका अनुसार वर्ष ६० का कितमान गुरुङ, वर्ष ५६ की अज्ञानी गुरुङ, वर्ष १९ की प्रिति गुरुङ, प्रितिकी ५ दिनका छोरा सवार थिए । यस्तै फेज नामक गैरसरकारी संस्थामा कार्यरत इटहरीकी २२ वर्षीया निशा तामाङ र अर्की लक्ष्मी गुरुङ पनि हेलिकप्टरमा सवार थिए भने हेलिकप्टर पाइलट रञ्जन लिम्बुले उडाएका थिए ।हेलिकोप्टरमा को को सवार थिए ?
हेलिकप्टरमा सिर्दिवास गाविस–२ फिलिमकै लक्ष्मी गुरुङ र सुनसरीको इटहरी घर भएकी जिल्लास्थित फेज नेपालमा कार्यरत स्वास्थ्य कार्यकर्ता निशा तामाङ समेत सवार थिइन् । जिल्लाको दुर्गम भेगको उक्त गाविसमा यातायातको असुविधा भएका कारण हेलिकप्टर चार्टर गरिएको बताइएको छ।

विहान ११ ३० बजे गोरखाबाट सुत्केरी बोकेर उडेको हेलिकोप्टर काठमाडौमा आउने क्रममा १२.२२ बाट सम्पर्कविहीन भएको थियो। स्थानीयका अनुसार नुवाकोटको मदनपुर -९ पाखुरे भन्ने स्थानमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो।

पाइलट रञ्जन लिम्बु (फेसबुकबाट)

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.