हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका सातजनाको शव शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइयो::

काठमाडौँ, २४ साउन । हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका सातजनाको शव शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएको छ ।


पोप्टमार्टम गर्नकालागि मृतका शव शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएको हो ।

नवजात शिशु बिरामी भएका कारण उपचारका लागि  गोरखाबाट लिएर काठमाडौँका लागि उडेको फिस्टेल एयरको नाइन एन एकेए कलसाइन हेलिकप्टर आज अपराह्न १२ः३२ बजे दुर्घटनामा परी सातजनाको मृत्यु भएको थियो ।

दुर्घटनामा परी मृत्यु हुनेमा चालक क्याप्टेन रन्जन लिम्बूका साथै यात्रु कितमान गुरुङ, आसामी गुरुङ, प्रिती गुरुङ, लक्ष्मी गुरुङ, निशा तामाङ, र एक जना नवजात शिशु रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार आज अपराह्न १२ः३२ बजे नुवाकोटको मदनपुर–९ बेतनी जङ्गलको चुच्चेभिरमा सो हेलिकप्टर दुर्घटना भएको थियो । तस्बिर:नागरिक

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.