breaking news ..प्यारिस आक्रमण कमाण्डर मारिए' पुरा पढ्नुहोस

इराक र सिरियामा गरिएको अमेरिकी नेतृत्वको हवाई कारवाहीमा दशजना इश्लामिक स्टेट कमाण्डरहरु मारिएको एकजना अमेरिकी सैन्य प्रवक्ताले बताएका छन्।
तीमध्ये केही गत महिना भएको प्यारिस आक्रमणसँग सम्बद्ध छन्।
अमेरिकी सेनाका एकजना कर्णेल स्टीभ वारेनका अनुसार मारिएकाहरुमध्ये कतिले पश्चिममा थप आक्रमणको तयारी गरिरहेका थिए।
मारिएकामध्येका शराफ अल मुआदनको प्यारिस आक्रमणका मुख्य नाइके अब्दलहमीद अबाउदसँग प्रत्यक्ष सम्बन्ध रहेको बताइएको छ।
अर्काचाहिँ ब्रिटेनमा पढेका बांग्लादेशी कम्प्युटर इन्जिनियर रहेको वारेनको भनाई छ।
१० डिसेम्बरको हवाई कारवाहीमा मारिएका बांग्लादेशी कम्प्युटर इन्जिनियनरले कम्प्युटर ह्याक गर्न, हतियार विकास गर्न र निगरानीबाट बच्ने प्रविधिमा विद्रोहीहरुलाई सघाउने गरेका थिए। उनी मारिएपछि आइएसले एकजना प्रमुख व्यक्ति गुमाएको छ
स्टीभ वारेन, कर्णेल, अमेरिकी सेना
उनी भन्छन् – '१० डिसेम्बरको हवाई कारवाहीमा मारिएका बांग्लादेशी कम्प्युटर इन्जिनियनरले कम्प्युटर ह्याक गर्न, हतियार विकास गर्न र निगरानीबाट बच्ने प्रविधिमा विद्रोहीहरुलाई सघाउने गरेका थिए। उनी मारिएपछि आइएसले एकजना प्रमुख व्यक्ति गुमाएको छ।'
सिरियामा बस्ने मुआदन २४ डिसेम्बरमा मारिएको बताईएको छ।
र अर्का प्यारिस आक्रमण सम्बद्ध अब्दुल कादिर हकीम २६ डिसेम्बरमा मोसुलमा मारिएको उनले बताए।
छापा
यो महिना मारिएका दशजनामध्ये कोहि प्यारिस आक्रमण सम्बद्ध रहेको र कोहीले नयाँ आक्रमणको तयारी गरिरहेको वारेनको भनाई छ।
वारेनले भने-'बाहिरी आक्रमणका योजनाकारहरुलाई हामीले खोजी खोजी सिध्याउने छौं ।'
प्यारिस आक्रमणका नाइके भनिएका बेल्जियन नागरिक अब्दलहमीद अबाउद प्यारिसकै बाहिरी क्षेत्रमा प्रहरी छापामा मारिएका थिए।
अब प्यारिस आक्रमणमा संलग्न धेरैजसो मारिएको बताइएको छ।
