रेखा थापाले भनिन्- ‘मलाई फसाइयो’

काठमाण्डौ – कार्यक्रममा पैसा लिएर पनि नगएको भन्दै आयोजक संस्थाले ठगीको उजुरी हालेपछि अभिनेत्री रेखा थापाले आफूलाई फसाईएको दावी गरेकी छिन् ।

सगरमाथा जनसेवा समाज अर्खौले खोटाङले थापाले पहिल्यै रकम लिएर पछि कार्यक्रममा नआएको र सम्पर्क समेत हुन नचाहेको भन्दै जिल्ला प्रहरी कार्यालय खोटाङमा ठगी मुद्धा दर्ता गरेपछि थापाले आफूलाई फसाईएको बताएकी हुन् । ‘मैले समय अभावका कारण उक्त कार्यक्रममा आउँदिन भनेर बारम्बार भनेकी थिएँ ।’
थापाले भनिन्- ‘तर प्रकाश पुरी भन्ने मान्छेले मलाई एकोहोरो म्यासेजमार्फत् कर गरिरह्यो । म कुनै पनि हालतमा आउन पाउँदिन, मलाई इरिटेड नगर भनेँ ।’ उनले आफूसँग उक्त व्यक्तिले गरेको फेसबुक म्यासेज सुरक्षित रहेको बताईन् । त्यस कार्यक्रममा जानका लागि कुनै सम्झौता पनि नभएको र आउन पाउँदिन भन्दा भन्दै पनि जबरजस्ती फसाउन खोजिएको उनको भनाई छ । ‘मैले कार्यक्रमका लागि सम्झौता गरौं भन्दाभन्दै उसले बैंकको एकाउण्ट नम्बर दिनुस् अनि गरौंला भन्यो ।’ उनले भनिन्- ‘पछि पैसा आएको रहेछ । मलाई थाहा भएन ।
source:tazakhabar

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.