breaking news झापास्थित सीमानाकामा गोली हानाहान .......
मिडिया एनपी, झापा, ११ मंसिर । झापास्थित सीमानाकामा प्रहरी र तस्करबीच गोली हानाहान भएको छ । झापाको दक्षिणी केचनास्थित नेपाल–भारत सीमानाकामा नेपाल प्रहरी र सुपारी तस्करहरुबीच गोली हानाहान भएको हो ।
तस्करसँग भएको गोली हानाहानमा प्रहरीको गोली लागेर केचना– ५ कि ५५ वर्षीया द्रौपदी गणेश घाइते भएकी झापा प्रहरीले जनाएको छ । तिघ्रामा गोलीको छर्रा लागेर घाइते भएकी गणेशको भद्रपुरस्थित ओमसाई अस्पतालमा उपचार भइरहेको छ ।
नेपालबाट ठूलो परिमाणको सुख्खा सुपारी भारतीय तर्फ तस्करी भइरहेको सूचना पाएपछि पुगेको प्रहरी र भारतीय तस्करबीच गोली हानाहान भएको हो । भारतीय पक्षबाट ४ राउण्ड गोली हानिएपछि जवाफी कारवाहीका क्रममा नेपाल प्रहरीले १३ राउण्ड हवाई फायर गरेको बताइएको छ । प्रहरीले ४० बोरा सुख्खा सुपारी बरामद गरेको छ

