Breaking news, बिहानै दुखद खबर, बसले मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु

१५ पुस, नवलपरासी ।

सवारी दुर्घटनामा नवलपरासीमा दुई जनाको मृत्यु भएको छ । मंगलबार राति भएको दुर्घटनामा यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा भएको दुर्घटनामा परी नवलपरासीको मध्यविन्दु नगरपालिका ८ निवासी मोटरसाइकल चालक २८ वर्षका रबी भण्डारी र सोही स्थानका २५ वर्षका ओमप्रसाद थारुको मृत्यु भएको हो ।




पोखराबाट दिल्ली जाँदै गरेको ना ५ ख ९५२४ नम्बरको बसले बर्दघाटबाट चोरमारातर्फ जाँदै गरेको लु १७ प ९८५ नम्बरको मोटरसाइकललाई मंगलबार राति अरुणाखोला दुम्किवासको बीच जंगलमा ठक्कर दिएको थियो ।

मृतकको शव पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चोरमारामा राखिएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.