अचानक टेलिभिजन पड्किंदा बालिकाको मृत्यु
११ मंसिर, दोलखा ।
आज साँझ ५ बजे घरमा टेलिभिजन हेरिरहेका अवस्थामा अचानक टेलिभिजन पड्कँदा एक बालिकाको मृत्यु भएको छ ।
दोलखाको भीमेश्वर नगरपालिका–७ स्थित सार्कीस्वाँराटोलमा बाबु र छोरीले टिभी हेरिरहेका अवस्थामा एक्कासि टेलिभिजन पड्कँदा दुई वर्षीया रेष्मा चौलागार्इंको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विनोदकुमार सुनुवारले बताए ।
सामान्य घाइते रहनुभएका बाबु रामकृष्ण चौलागार्इंको चरिकोटस्थित च्छोरोल्पा अस्पतालमा उपचार भइरहेको छ । उनको आँखामा चोट लागेको छ ।
source:npheadlines

