पूर्वी नेपाल पाँचथरमा नयाँ भूकम्प
११ मंसिर, काठमाडौं ।
आज बिहान १० बजेर ३७ मिनेट जाँदा पाँचथर केन्द्रबिन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प गएको छ ।
पाँचथर केन्द्रबिन्दु भएर आज गएको भूकम्प गत वैशाख १२ को ‘गोरखा भूकम्प’को पराकम्प नभई नयाँ भूकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि यही मङ्सिर ६ गते पनि म्याग्दी केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो ।
source:npheadlines

