अर्चनाको जवाफ "मैले नराम्रो मात्रै फिल्म खेल्छु भन्ने होइन " : ( हेर्नुहोस भिडियो)

काठमाडौं, २० जेठ । पछिल्लो समय नेपाली कला क्षेत्रमा अर्चना पनेरुको नाम लिएर निक्कै चर्चा तथा टिक्का टिप्पणी छ । पोर्न स्टार बन्ने सपना सहित सार्वजनिक भएकी अर्चनाले अभिनय गरेको पहिलो फिल्म रिलिजको संघारमा छ । फिल्ममा उनके अभिनय भएकैले धेरैले फिल्मका बारेमा नकारात्मक टिप्पणी गरेका छन् । तर, अर्चनाले आफूले खेल्दैमा फिल्म नराम्रो नहुँने दाबी गरेकी छिन् । उनले फिल्मले दर्शकलाई सकारात्मक सन्देश दिने बताएकी छिन् ।

चलचित्र छेस्कोका बारेमा बोल्दै फिल्मका अर्का कलाकार राजन कार्कीले फिल्मले बाबुु आमाले कियर नगरेका बच्चा समाजमा कस्तो रुपमा निस्कन्छन् भन्ने सन्देश दिने बताए । उनले आफ्नो भूमिकाका बारेमा खुलाउँदै भनेका छन् ‘म लभर बोईको भूमिकामा देखिदै छुँ’ । अर्चना भने यो फिल्ममा निक्कै चुलबुले भूमिकामा देखिएको बताउँछिन् ।
फिल्मका नाय कार्कीलाई चूनौतिपूर्ण भूमिका निर्वाह गर्ने फिल्म खेल्न मन छ । यता अर्चनालाई भने थोरै डर बोकेर शिक्षा दिने खालको अभिनयमा पर्दामा देखिन मन छ । अर्चनाले आफूयो फिल्ममा आउनुको कारण फिल्मको स्क्रिप्ट र फिल्मका अर्का कलाकार राजन रहेको बताएकी छिन् । उनलाई राजनलाई देख्दा नै राजनसँग फिल्म खेल्न मन लागिसकेको थियो ।
समय अनुसार फिल्मका स्क्रिप्ट र कलाकार फेरिनु पर्ने राजन र अर्चनाले एकस्वरमा बताएका छन् । तर, उनीहरु दुुबैले अभिनय सिक्न भने पाएका छैनन् । अर्चनाले भने डान्ससम्म सिक्न भ्याएकी छिन् । तर, दुुबैले एकसाथ फिल्म गरिसकेपछि भने अभिनय सिक्नुु पर्ने महसुस गरेका छन् ।
इन्डियामा जन्मिएकी अर्चनाको मातृभाषा हिन्दी हो । अहिले चर्चामा रहेकी अर्चनालाई नेपाली भाषा बोलेपनि नेपालीमा आफ्नो मनको कुरा खुलेर अभिव्यक्त गर्न सक्दिनन् । नायिकाका रुपमा रंगीन दुुनियाँमा आएकी अर्चनाले अबको ३ वर्षपछि पार्नस्टारका रुपमा आउने बताएकी छिन् । आफूले पहिलो पटक फिल्ममा अभिनय गरेकाले पनि धेरै नेपालीले आफूलाई साथ दिने उनले बताएकी छिन् ।
स्कुल पढ्दा पढ्दै सामाजिक सञ्जालमा नाङ्गो फोटो पोस्ट गरेर स्कुलबाट निस्कासित भएकी अर्चनाले हालै फेरि कक्षा १० बाट अध्ययन सुरु गरेकी छिन् । नेपाली सिनेमामा आउँदै गर्दा उनलाई कुनै नेपाली नायिका मन पर्दैन । नायकमा भने निखिल उप्रेती मन पराउने अर्चनालाई आफ्नै पिताको माया लाग्दैन् ।
उनलाई पार्नस्टार बनाउछुु भन्दै हिडेकी उनकी आमा आफ्नै आमा होईनन् पनि भनेका छन् धेरैले । तर, उनले यो गलत हल्ला भएको बताएकी छिन् । आफ्नो जीवनको सबैभन्दा ठूलो सपना पार्नस्टार बन्नु रहेको र यसमा आफ्नी आमाले पूर्ण रुपमा साथ दिने उनले विश्वास व्यक्त गरेकी छिन् । अर्चनाका अहिले न कुनै साथीसंगी छन् नत प्रेमी नै । उनले आफ्नो सबथोक आफ्नी आमा रहेको उल्लेख गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.