अमेरिकी भूकम्प अनुसन्धान संस्थाद्धारा ७.८ रेक्टरको भूकम्प जाने प्रक्षेपण (रिपोर्ट सहित)

काठमाडौं,बैशाख २९ । अमेरिकी भूगर्भ विभाग जसले भूकम्प सम्वन्धि अध्ययन र अनुसन्धान गर्दै आइरहेको छ उक्त संस्थाले ७.८ रेक्टर सम्मको भूकम्प नेपालमा जानसक्ने अनुमान गरेको छ । युएसजिएसले मे महिनाभरी समेत नेपालमा भूकम्प जाने रिपोर्ट सार्वजनिक गरेको छ । उसले ७.८ रेक्टरको भूकम्प जाने सम्भावना भने मात्र २ प्रतिशत रहेको उल्लेख गरेको छ ।
उसले मे महिनाको ३१ तारिख सम्ममा ५ रेक्टर माथिका करिव तिनदर्जन यस्ता धक्का महशुस गरिने उल्लेख गरेको छ । यसैगरि ६ रेक्टर माथिका जाने संभावना समेत औंल्याएको छ । यसैगरि ७ रेक्टर स्केलको भूकम्प आउन सक्ने सम्भावना १४ प्रतिशत रहेको समेत रिपोर्टमा लेखेको छ ।
तस्विरमा रिपोर्ट हेर्नुहोस् ।
