शोकमा परेका विमलसँग संवेदनाहीन सेल्फी

नेपाली राष्ट्रिय फुटबल टिमका स्ट्राइकर बिमल घर्तीमगर काठमाडौं फर्किएका छन् । अकस्मात बहिनीको निधन भएपछि बिमल बेल्जियमबाट फर्किएका हुन् ।


उनी त्रिभुवन विमानस्थलमा ओर्लिँदा निन्याउरो मुख देखिन्थ्यो । कतार एयरबाट बिहान ९-३० मा काठमाडौं ओर्लिएका बिमललाई कतार विमानस्थलमा भने उनका एक नेपाली युवकले सेल्फी लिएको समेत देखिएको छ । कतारको विमानस्थलमा विमलसँग सेल्फी लिने समवेदनाहिन युवक नेपाली नै हुन् ।

आफूलाई नेपाली फुटवल प्रेमी बताउने गरेका एलिस खड्काले शोकमा रहेका बिमलप्रति असंवेदनशील हुँदै उनले विमलको अनिच्छामा सेल्फी खिचेको प्रष्ट देखिन्छ ।

एलिस खड्काले मलिन अनुहारमा रहेका बिमलसँग सेल्फी खिचेर फेसबुकमा सार्वजनिक गरेका छन् ।
एलिसको फेसबुकमा यस अघि पनि बिमलसँगको तस्विर देखिन्छ तर उनले शोकमा रहेको बेला पनि मन नलागी मन नलागी सेल्फी खिचिरहेको पछिल्लो तस्विरले प्रष्ट पारेको छ ।

विमल बहिनीको शव हेर्न शिक्षण अस्पताल महाराजगन्ज पुगेका थिए । खुट्टाको उपचार गर्न बेल्जियम पुगेका घर्तिमगर बहिनीको शंकास्पद मृत्युपछि आज बिहान ९ बजेर ३० मिनेटमा काठमाडौं आइपुगेका थिए । उनी त्रिभुवन विमानस्थलबाट सिधै शिक्षण अस्पताल पुगेका हुन् ।



शुक्रबार विहान काठमाडौं आएपुगेका विमल विमानस्थलबाट सिधै बहिनीको शव हेर्न टिचिङ अस्पताल पुगेका थिए । जव उनी विमानस्थलबाट टिचिङ पुगे त्यहाँ रुहावासीको दुखद् माहौल बन्यो ।

सम्हालिएर युरोप देखि नेपाल सम्मको लामो यात्रा तय गरेका आमा रुँदा विमलले आफूलाई थाम्न सकेनन् । उनका आँखामा आँशु छछल्कियो ।

खुट्टाको उपचारका लागि बेल्जियममा रहेका उनी बहिनीको रहस्यमय मृत्युपछि नेपाल फर्किएका हुन् ।
बिमलकी बहिनी मनीषा घर्ती बुधबार राति नवलपरासी बर्दघाटस्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएकी थिइन् । उनको आत्महत्या हो वा हत्या भन्ने विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

बाबुको पनि अप्राकृतिक निधन

विमलकी बहिनीको हत्या वा आत्महत्या भन्ने खुट्टिन बाँकी छ । विमलको घरमा यस्तो अप्राकृतिक निधन भएकी मनीषा पहिलो सदस्य होइनन् । उनका पिताको पनि गोरुले हान्दा निधन भएको थियो । मोटरसाइकलमा सवार रहेको बेला साँढेले प्रहार गरेपछि उनको निधन भएको थियो ।

१४ वर्ष अघि बाबुको त्यस्तो निधनबाट टुहुरो बनेका विमललाई पुनः त्यस्तै बज्रपात आइलागेको छ । उनको घरमा अव केवल आमा छोरा मात्र छन् ।

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.