नायिका प्रियंका कार्कीलाई श्रीमतीका रुपमा पाउँदा आफूलाई भाग्यमानी ठानेको छुँ : अर्पण थापा -
मिडिया एनपी, काठमाडौं, ११ जेठ । अर्पण थापा र प्रियंका कार्की मुख्य भूमिकामा रहेको चलचित्र ‘अनागत’को सुटिङ अन्त्यतिर पुुगेको छ ।
चलचित्र ‘अनागत’ बन्ने भएको छ । साइकोलोजिकल थ्रिलर चलचित्रको आज काठमाण्डौमा कार्यक्रम आयोजना गर्दै घोषणा गरियो । चलचित्रको छायांकन वैशाख २८ गतेबाट सुरु हुने जानकारी दिइयो ।anagat 2
अर्पण र प्रियंकाको जोडीले बिहेपछि श्रीमान श्रीमतिमा उत्पन्न हुने शंकाले दाम्पत्य जीवनमा कस्तो असर गर्छ भन्ने कथा सहित अभिनय गरिरहेका छन् । साम्तेन भुटियाको सम्पादन तथा निर्देशन बन्दै गरेको यो फिल्ममा प्रियंका र अर्पणका साथमा प्रविण खतिवडा, रोसिन सुवेदी पनि मुख्य भूमिकामा देखिदै छन् । चलचित्रमा समिर उपाध्याय, चन्द्र के झा, निलु डोमा शेर्पा, साम्तेन भुटियाले लगानी गरेका छन् ।
पेन्टरको भूमिकामा देखिदै गरेका अर्पणले प्रियंकासँग काम गनुृ पाउँदा आफूलाई भाग्यमानी भएको बताएका छन् । उनले सुन्तली पछि प्रियंकासँग यहि फिल्म मार्फत सहकार्य गर्दै छन् । पेन्टरकै रुपमा देखिन लागेकी प्रियंकाले यो फिल्मको जस्तो भूमिका आफूले पहिलो पटक पाएकाले आफू निक्कै खुशी रहेको बताएकी छिन् । स्विदेशी मात्रै नभएर विदेशी बजारलाई लक्षित गरेर निर्माण हुँदै गरेको फिल्मले दर्शकको मन जित्ने निर्माता निर्देशकको दाबी छ । सिसन बानियाँले छायाँकन गर्दै गरेको फिल्ममा चन्द्र के झाको कथा, प्रवचन श्रेष्ठ र साम्तेन भुटियाको पटकथा रहेको छ ।