वैज्ञानिकको चेतावनी- ‘नेपालको तराई क्षेत्रमा ठूलो भूकम्पको खतरा छ’

काठमाडौं, ९ कात्तिक । अफगानिस्तानमा गएको विनाशकारी भूकम्पले पाकिस्तान र भारतमा निकै ठूलो क्षति गएको बेला भारतीय वैज्ञानिकहरुले नेपालमा पनि फेरि ठूलो भूकम्प जान सक्ने चेतावनी दिएका छन् ।बर्षाैदेखि स्थिर अवस्थामा रहेको भारत र पाकिस्तान जोड्ने हिमाली क्षेत्रको ‘भूकम्पीय जोखिमयुक्त भुभाग’ गत बैशाखमा नेपालमा आएको भूकम्पपछि सक्रिय भएको बैज्ञानिकहरुले बताएका छन् । नेपालको भूकम्पले यी जोखिमयुक्त भुभागमा ‘ट्रिगर फैक्टर’ अर्थात सक्रियता बढाउने काम गरिदिएको छ । वाडिया हिमालय भू विज्ञान संस्थानमा आयोजित हिमालय– कराकोरम– तिब्बत कार्यशालामा बैज्ञानिकहरुले भूकम्पीय जोखिमयुक्त भूभाग सक्रिय भएपछि फेरि भूकम्प आउने आशंका व्यक्त गरेका हुन् ।



साथै, नेपालमा अझै पनि ठूलो भूकम्प आउने आशंका गरिएको छ । ‘नेपालमा वैशाख १२ को भूकम्पमा भूगर्भको पूरा ऊर्जा बाहिर आउन पाएको थिएन् । यो ऊर्जा दक्षिण नेपालको गहिरो भूभागमा धेरै मात्रामा सञ्चित छ । जसका कारण अब दक्षिण भूभागमा ठूलो भूकम्प जान सक्ने खतरा छ ।’- वैज्ञानिकहरुले भनेका छन् ।

नेपालको आवादी क्षेत्र तराईमा थुप्रै जनसंख्या भएको र त्यहाँ नै भूकम्प जाने सम्भावना बढी भएकाले शतर्कता अपनाउन वैज्ञानिकहरुले नेपाल सरकारलाई समेत सुझाव दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।बैज्ञानिकहरुले यो पनि भनेका छन् कि भूकम्प आउनुभन्दा पहिला ठूलो परिमाणमा राडान ग्यास जमिनबाट बाहिर निस्कन्छ । जसले भूकम्प आउन लागेको कुरा पहिला नै अनुमान लगाउन सकिन्छ । भूगर्भ बैज्ञानिक डा. वीसी ठाकुरले भनेका छन्– नेपालको तराईदेखि भारतको बिहारसम्मको भूभागमा ठूलो भूकम्प आउने सम्भावना बढी छ । यो क्षेत्रमा थुपै्र उर्जा सञ्चित छ । जो स्थानान्तरण हुने क्रममा छ ।

यो क्षेत्रमा पहिला पनि भूकम्प आएको बताइएको छ । र, अब ठूलै आउने आंशका गरिएको छ । यसको साथै अन्य बैज्ञानिकहरुले पनि हिमाली क्षेत्रमा भूकम्पको जोखिम सक्रिय भएकाले सतर्क रहन सुझाव दिएका छन् । जसमा बैज्ञानिकहरु योगेन काई, विनित के गहलौत, टीना एम नीमी, मोना लिसा, सप्तऋषि डे, साइमन क्लेमरर, सोमा नाथ सप्तकोटा, देव जीत हजारिका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.