प्रत्युषाका प्रेमीले रुँदै बताए आत्महत्याको कारण

१६ बैशाख, एजेन्सी ।

आत्महत्या गरेकी बलिउड टेलिभिजन अभिनेत्री प्रत्युषा बनर्जीका प्रेमी राहुल राजले प्रत्युषा विक्षिप्त हुनुको प्रमुख कारण आफूसँगको सम्बन्ध नभएर पैसाको कारण रहेको दावी गरेका छन् ।

राहुलसँगको अन्तिम टेलिफोन कलबारे विवरण सार्वजनिक भएपछि राहुलले मिडियाँसँग रुँदै प्रत्युषा आर्थिक संकटका कारण मानसिकरुपमा विक्षिप्त रहेको दावी गरेका हुन् ।


Pratushya bf crying

आफूले प्रत्युषालाई निक्कै प्रेम गर्ने दावी गर्दै राहुलले प्रत्युषाको साथ हजारौं सपना देखेको समेत बताए । प्रत्युषाले आफूलाई चिटर भन्दै गाली गरेपछि आफूले ‘आइ लभ यू बेबी, म फर्केर आउँदैछु’ भनेको समेत उनले बताएका छन् ।



मिडियाको अगाडी राहुल रोएपछि प्रत्युषाको मृत्युबारे झनै रहस्य बढेको छ ।

राहुलले आफूहरुको सम्बन्ध सुमधुर रहेको बताउँदै पैसाको समस्याले नै प्रत्युषाले यस्तो निर्णय लिएको दावी समेत गरकेा छन् । आफूले प्रत्युषालाई सक्दो सहयोग गरेको भएपनि अप्रिय घटना रोक्न नसकेको उनले बताएका छन् ।


प्रत्युषा बनर्जीले आत्महत्या गर्नु अघि प्रेमी राहुललाई फोन गरेर राहुललाई ‘चिटर’ अर्थात ‘धोकेवाज’ भनेको खुलासा उनका वकिलले गरेका छन् ।

आत्महत्या गर्नु अघि प्रत्युषाले राहुललाई फोन गरेर भनेकी थिइन् ‘धोकेवाज’

प्रत्यूषाले भनेकी थिइन्, ”यू चीटर, तिमीले मलाई धोखा दियौ । मलाई मेरो बाबु आमासँग छुट्टाइदियौ । हेर्दै जाउ अव के गर्छु ।’ यसको जवाफमा राहुलले, ”के भयो ? घर पुगेर कुरा गरौंला म बाटोमा छु । त्यतिबेला सम्म केही नगर ” ।

प्रत्युषाका प्रेमीको ९ वर्षको बच्चा रहेको खुलासा

भारतीय अखबारले जनाए अनुसार प्रत्युषाको पेटमा २ महिनाको गर्भ थियो । सोमाले महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडनवीसलाई पत्र लेखेर आफ्नी छोरीलाई राहुलले मारेको आरोप लगाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.