आमिरले भने– घरमा देश छाड्ने सल्लाह भयो

बलिउड अभिनेता आमिर खानले भारतमा बढेको असहिष्णुताबारे टिप्पणी गरेपछि विवादमा तानिएका छन् । आमिरले असहनशीलताका घटना बढ्दै गएकाले आफू मात्र नभई घरपरिवार पनि चिन्तित भएको बताएका छन् ।

आमिरले दिल्लीमा आयोजित रामनाथ गोयनका पत्रकारिता पुरस्कार समारोहमा भने, ‘म घरमा किरणसँग कुरा गर्दा उनले भनिन्– के हामीले भारत छोड्नुपर्‍यो क्या ? यो अत्यन्त दुखद कुरा हो । त्यसपछि उनले अरू कुरा पनि भनिन् । हाम्रा बच्चाको चिन्ताको कुरा गरिन्, आसपासको वातावरणले आफू डराएको बताइन् । उनी हरेक दिन पत्रिका हेर्ने समयमा पनि भयभित हुन्छिन् ।’
आमिरले अहिले भारतमा बेचैनी बढिरहेको बताए । यले भने, ‘प्राय: समाचारले अहिले चिन्ता थपिरहेका छन् । कुनै पनि समाजका लागि सुरक्षा तथा न्यायको भावना हुनुपर्छ । तर, भारतमा अहिले त्यो छैन ।’
आमिरले त्यही कार्यक्रममा असहनशीलताको मुद्दामा पुरस्कार फिर्ता गर्ने लेखक, कलाकार तथा बुद्धिजीवीको पनि समर्थन गरे । उनले पुरस्कार फिर्ता गर्नु रचनात्मक मानिसको निराशा व्यक्त गर्ने सर्वोत्तम तरिका भएको बताए ।
आमिरका यी अभिव्यक्ति भने विवादमा तानिएका छन् । उनको अभिव्यक्तिको सत्तारुढ दल भारतीय जनता पार्टीले खण्डन गरेको छ । पार्टीका प्रवक्ता साहनवाजले विज्ञप्ति निकालेका छन्, ‘यो अतुल्य भारत हो, यसमा दाग लगाउने काम नगर्नुहोस् ।’ भाजपाले आमिरको अभिव्यक्तिको विरोध गरेपछि यो विषयले राजनीतिक रङ लिएको छ । भारतीय कंग्रेसका उपाध्यक्ष राहुल गान्धीले आमिरको समर्थन गर्दै भाजपाको विरोधमा सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘मोदी र उनको सरकारमाथि प्रश्न उठाउने सबैले राष्ट्रविरोधीको संज्ञा पाउँछन् । सरकार उनीहरूलाई धम्क्याउँछ, गाली गर्छ । तर, समस्या सुल्झाउँदैन ।’
यही विषयमा मंगलबार दिनभर सामाजिक सञ्जाल ट्विटरमा आमिरलाई सल्लाह–सुझाब आए । कतिले आलोचना गरे भने कतिले आमिरको समर्थन गर्दै भारतको अवस्था साँच्चिकै असहिष्णु भएको बताए । ट्विटरमा विश्वव्यापी ट्रेन्डमा आमिर शीर्ष स्थानमा पनि पुगे । दिनभर विश्वव्यापी ट्रेन्डमा रहे पनि । बलिउडका अर्का कलाकार अनुपम खेरले पनि आमिरलाई सल्लाह–सुझाब दिन भ्याए । अनुपमले ट्विटरमा लेखे, ‘आमिर खान के तपार्इंले किरणसँग सोध्नुभएको छ– उनी कुन देशमा बस्न चाहन्छिन् । के तपाईंले उनलाई यही देशले आमिर खान बनाएको भन्ने सोध्नुभएन ?’source:nayapatrica

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.