: विधवा बुहारीले जेठाजूको यौन प्रस्ताव नमानेपछि…

एजेन्सी । शहरको नजिकै ढिलवा गाउँमा एक जेठाजूले आफ्नै बुहारीको धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् ।मृतक वीरपाल कौरका पतिको ४ वर्ष पहिले मृत्यु भइसकेको छ । खबर अनुसार मृतकका जेठाजू उनीसँग अवैध शारीरिक सम्बन्ध राख्न चाहन्थे ।
तर पीडित महिला वीरपाल कौरले मानिन् । आफ्नो प्रस्ताव नमानेपछि जेठाजूले मदिराको नशामा वुहारी वीरपालको हत्या गरेका समाचार एजेन्सीले जनाएको छ । यो घटना भारतको फरीदकोटको हो ।
यता, पुलिसका अनुसार आरोपी अहिलेसम्म फरार छन्, जसको गिरफ़्तारीका लागि प्रहरीले ठाउँ ठाउँमा छापा हानिरहेको छ । यद्यपी पुलिसले मृतक महिलाको शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाएको छ ।source:kantipursamachar
