रक्सी नपाउँदा बाबुले छोरी बेचेपछि…!
त्तराखण्डको हरिद्वार जिल्लामा एक युवती बेचिएको घटना सार्वजनिक भएको छ । जहाँ एक मदिरा सेवक पिताले आफ्नो नशाको लत पूरा गर्न (रक्सी खान)का लागि तीन लाखमा आफ्नै छोरी बेचेका छन् ।
हरिद्वारलाई पवित्र धार्मिक स्थल मानिन्छ । तर, त्यही यस्ता अपवित्र गतिविधी हुने गरेको पाइएको हो । घटना हरिद्वारको लक्सर थाना क्षेत्रको हो । यहाँको गाउँ कहेडामा राम कुमार नामका व्यक्ति आफ्नी छोरीसँग बस्दै आएका थिए । चार वर्ष पहिला उनकी पत्नीको निधन भएको थियो । उनी हरेक समय रक्सीको नशामा हुन्छन् । नशाले उनलाई यसरी समातेको छ कि उनी रक्सीका लागि जे पनि गर्न तयार हुन्छन् ।
रक्सी खाने बानीले राम कुमारले आफ्नो धनसम्पत्ति सबै सकेका छन् । तर, पनि उनको रक्सी पिउने बानी छुटेको छैन् । धनसम्पत्ति सकिएपछि अन्तिममा उनले आफ्नी छोरीलाई पनि छाडेनन् । पैसाको लोभमा एक हप्ता अगाडि उनले आफ्नी ११ वर्षीय छोरीलाई तीन लाखमा बेचे । यो घटनाको बारेमा एक एनजिओ सञ्चालिकाले थाहा पाएपछि बाहिर आयो ।
ती महिलाले प्रहरी चौकीमा घटनाबारे जानकारी गराएपछि उजुरी दर्ता भएको छ । लक्सर कस्बेका डीएसपीले भनेका छन्– पिताले रकसीका लागि छोरी बेचेको पुष्टि भएको छ । बालिकाको सकुसल उद्दार गरेका छौं । प्रहरीले बालिका किन्नेहरुको खोजी गरिरहेको छ ।
प्रहरीले अभियुक्त पितालाई पक्राउ गरेर कानुनी कारवाही अगाडि बढाएको छ । बालिकालाई अहिले सेभ हाउसमा राखिएको छ । एजेन्सीको सहयोगमा

