आज फेरी सुन-चाँदीको मूल्य ह्वात्तै घट्यो पुरा समाचार पढ्नुहोस्
साताको दोस्रो दिन आज सोमबार सुनको भाउ २ सयले घटेको छ। मूल्य घटेसँगै सुन आज ५३ हजार ८ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बिहीबार र शुक्रबार ५४ हजार रुपैयाँ प्रतितोलामा कारोबार सुन आइतबार पनि स्थिर रहँदै सोही भाउमा कारोबार भएको थियो। केही दिन लगातार स्थिर रहेको मूल्य आज भने २ सय रुपैयाँले घटेको हो।
त्यस्तै ७ सय १० रुपैयाँ प्रतितोलामै केही दिन कारोबार भएको चाँदीको भाउ पनि आज ५ रुपैयाँले घटेर ७ सय ५ कायम भएको छ।

