फेसबुकमा मायाजाल विच्छ्याएर ठग्ने जीवनको रामकहानी......हेर्न तल क्लिक गर्नुहोस..

१३ चैत, काठमाडौं । शुक्रबार दिउँसो महानगरीय प्रहरी परिसर काठमाडौं, टेकुको मुद्दा शाखाका डीएसपी रविन्द्र रेग्मीको कार्यकक्षमा युवतीहरुको भीड थियो । उनीहरु धारे हात लगाएर भन्दै थिए ‘त्यो फटा’लाई भेट्न पाएहुन्थ्यो ।


उनीहरुले खोजिरहेको फटाह अरु कोही नभएर अमेरिकी सेना हुँ भन्दै ठगी गर्ने जीवन लामा थिए । र, अहिले जसले उनलाई ‘फटाह’ भन्दै खोजिरहेका थिए, उनीहरु मध्ये धेरैले तीनै जीवनसँग विवाह गरेर अमेरिका जाने सपना देखेका थिए ।

जब बिहे गरेर अमेरिका उड्ने सपना देखाएर पैसा हात पारेका जीवन भागे, तब मात्र उनीहरुले ठगिएको पत्ता पाए । धेरैको उजुरी परेपछि प्रहरीले लामालाई क्राउ गरेको छ ।

२ पटकको भेटले २ लाख ६० हजार चट्

धरानकी रेश्मा राई (नाम परिर्वतन)लाई करिब १ वर्ष अगाडी राजु गुरुङ नाम गरेको व्यक्तिबाट फेसबुकमा फे्रन्ड रिक्वेस्ट आयो । केहिदिन सम्म त उनले स्वीकार गरिनन् ।

तर, पटक-पटक म्यासेज आउन थालेपछि फेसबुक साथी बनाइन् । अमेरिकाको क्यालिफोर्निया बस्ने बताउने राजुसँग उनको च्याटबाट गफ हुन थाल्यो । केहि महिनाको फेसबुक च्याटपछि राजुले आफू केहि दिनमा नेपाल आउन लागेको र आएपछि भेटने बताए ।

फेसबुकको कुराकानीबाटै नजिकिएकी रेश्मा पनि अमेरिकाबाट आउने राजुलाई भेटन तयार भइन् । गत अक्टोबरमा राजु नेपाल आइपुगेको खबर रेश्माले पाइन् । उनिहरुको भेटघाट पनि भयो दुई पटक ।

केहि दिनपछि राजुले रेश्मालाई फोन गरेर आफ्ना एक जना आफन्त बिरामी भएर भारतको बैंग्लोरमा उपचार गरिरहेकोले पैसा चाहिएको तर, आफ्नो अमेरिकाको एटीमबाट पैसा निकाल्न नमिल्ने सुनाए । आफूलाई तत्काल २ लाख भारु खोजिदिन आग्रह गरे ।

राजुको मोहमा फसिसकेकी रेश्माले २ लाख भारु त दिन सकिनन्, जसो तसो गरेर २ लाख ६० हजार नेपाली रुपैयाँ भने दिलबहादुर श्रेष्ठको नाममा आईएमई गरिदिइन् राजुको लागि । पैसा पठाएको भोलिपल्टैबाट राजु फेसबुक र फोन सम्पर्कबाट गाएब भए, किनकी उनी राजु नभएर ठग जीवन थिए ।

जसले सिक्री बेचेरै पैसा बुझाइन्

नुवाकोटकी रमा थापा (नाम परिर्वत)लाई गत साउनमा सञ्जु गुरुङ नाम गरेको व्यक्तिबाट फेसबुकमा साथी बन्न आग्रह आयो । केहीदिन स्वीकार नगरेपछि पटक-पटक म्यासेज आयो ।

आफू अमेरिकामा बस्ने र एउटै जिल्लाको भएको भन्दै कुरा गर्न खोजेको भन्दै पुरानै परिचय दिए । त्यसपछि फेसबुकमा कुराकानी हुनथाल्यो । मंसिरमा आफू नेपाल आएको भन्दै फोन गरे र गंगबुमा भेट्न बोलाए । ‘सन्जु’ रमालाई भेट्न चक्लेट लिएर पुगेका थिए ।

त्यसको केहि दिनपछि सुकेधारामा दोस्रो भेट भयो । त्यति बेला अमेरिकाबाट आएको बताउने सन्जुले रमालाई आइफोन उपहार दिएका थिए । तर, उनले अस्वीकार गरिन् । रमालाई के थाहा त्यही आइफोन दिएको बहानामा आफनो २ लाख चट हुन्छ भन्ने ।

केहीदिनपछि सन्जुले अंकलको छोरी बिरामी भएर थाइल्याण्ड लैजान लागेकोले पैसा जरुरी परेको भन्दै पोखराबाट फोन गरे । रमाले सुरुमा त आफूसँग पैसा नभएकोले सहयोग गर्न नसक्ने भन्दै टारेकी थिइन् । तर, पटक-पटक आग्रह आए पछि उनको मन पग्लियो ।

परिवारले खाजा खान दिएको पैसा जम्मा गरेको ५० हजार र घाँटीमा लगाएको सुनको सिक्री विक्री गरेर १ लाख ५० हजार जम्माभयो । केहि दिनमा फिर्ता गर्छु भनेकोले आमासँग थप एक लाख माग गरिन र २ लाख ५० हजार आइएमईमार्फत गरेर सन्जुलाई पठाइन् । तर, रमालाई के थाहा उनी जीवनको जालमा परेकी थिइन् ।

को हुन् जीवन ?

यो त प्रतिनिधि घटना मात्र हो जीवनले चलाएको गठी धन्दाको । प्रहरीका अनुसार उनले यसरी नै फेसबुकमा अनेक नामबाट पेज बनाउने, युवतीहरुसँग सम्वन्ध बढाउने र ठग्ने गर्दैर् आएका थिए ।

उनको नागरिकतामा रहेको नाम जीवन तामाङ छ । २००४ सालमा जीवन अफगानिस्तान गएको अनुसन्धानका क्रममा खुलेको छ । कहि वर्ष अफगानिस्तान बसाइको क्रममा केही अमेरिक सेनालाई साथी बनाए र उनीहरुसँग केहि तस्वीरहरु पछि खिचाए ।

अफगानस्तानबाट फर्किएपछि बेरोजगार जीवनले ठगी धन्दा सुरु गरे । उनले २०६९ सालमा मकवानपुरका एक व्यक्तिलाई अफगानिस्तान पठाइदिन्छु भन्दै ठगेको खुलेको छ । मकवापुरका ती पीडितसँग पनि जीवनको फेसबुकमार्फत नै चिनजान भएको थियो ।

करिब ४ लाख रुपैंया ठगी गरेको आरोपमा पक्राउ परेका उनी ७० साल चैतमा धरौटीमा छुटे । त्यसपछि भने उनले युवतीलाई निशानामा पारेर ठगी धन्दा चलाउन सुरु गरे ।

१६ जनाबाट ४२ लाख असुली, श्रीमतीको साथ

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.