किसान र गोठालाबीच भिडन्त हुँदा १७ जनाको ज्यान गयो

चैत १३, आइभरीकोस्ट । आइभरीकोस्टको बोना शहरमा किसान तथा गोठालाबीच भएको विवादले चर्को रुप लिएपछि शुक्रबार कम्तिमा १७ जनाको मृत्यु भएको छ ।
घटनामा १७ जनाको मृत्यु भएको र ३९ जना घाइते भएका छन् । गहिरो चोटका कारण उनीहरुको अवस्था चिन्ताजनक रहेको आइभरीकोस्टका रक्षा मन्त्रालयका अधिकारी भिन्सेन्ट टोवीले स्थानीय टेलिभिजनलाई बताएका छन् ।
दुई पक्षबीचको भिडन्तपछि उक्त क्षेत्रमा करिव ९०० सुरक्षाकर्मी परिचालित गरिएको छ । आइभरीकोस्टमा गोठाला र कृषकबीच चौपाया चराउने तथा सिँचाइको अधिकारका विषयमा प्रायः यस्तो घटनाहुने गरेपनि यति धेरै सङ्ख्यामा स्थानीयको मृत्यु भने कमैमात्र हुने गर्छन् ।
किसानले आफ्नो जमिनमा गोठालाले चौपाया हिंडाएर बालीको नास गरिदिएको र त्यसो नगर्न सम्झाउँदा झगडा भएको दावी गरेका छन् । एजेन्सीको सहयोगमा
