औधी टाउको दुख्यो ? औषधिको सट्टा यि घरेलु उपाय अपनाउनुहोस् छिट्टै ठिक हुन्छ

काठमाडौँ । बेला बेलामा टाउको दुख्नु सामान्य भएपनि यसको असर भने पुरै दिनभरी पर्दा दिनचर्या नै खलबली हुन पुग्छ । जसका कारण यसको असर मानिसको व्यबहार र काममा पर्न जान्छ । यस्तो अवस्थामा कतिपयले अत्तालीएर औषधिको सेवन गर्छन् त कतिपयले दिन नै तनावमा विताउन बाध्य हुन्छन् । तर प्रत्येक दुखाईमा यसरी औषधि सेवन गर्नु अत्यन्तै हानिकरक हुन्छ । यस्तो अवस्थामा कुनै न कुनै रुपमा स्थायी विकल्प खोज्नु पर्ने हुन्छ ।
यि घरेलु उपाय अपनाएर विना औषधि टाउको दुखेको दुखाई निको पार्न सकिन्छ
औधी टाउको दुखेर तपाई तनावमा हुनुहुन्छ भने नुन पानीको प्रयोगले केही हदसम्मको टाउको दुखाईलाई कम गर्छ । तर यो एक गीलास मनतातो पानीमा आउने गरी नुनको प्रयोग गरेर सेवन गर्दा शरीरमा नुन पानीको मात्रा पुग्न थाल्छ । तर यो सेवन गरेको आधा घण्टासम्म अरु केही कुरा नखाँदा राम्रो हुन्छ ।
पहिलेभन्दा केही हदसम्म टाउको दुखाई कम हुँदै जान थालेको खण्डमा ग्रीन टि पनि पिउँदा टाउकोलाई आराम हुन्छ । ग्रीन टीमा राम्रो मात्रामा एंटी-अक्सीडेंट्स हुनाले यसले टाउकाको दुखाई कम गर्न मद्धत गर्छ । यदी दुखाई बढेको बढेई छ भने यसमा दालचिनी पनि मिसाएर सेवन गर्न सक्नुहुनेछ ।
मसला चिया पिउँदा पनि टाउको दुखाई कम हुन्छ । मसलाका रुपमा दालचीनी र कालीमिर्ची मिलाएर सेवन गर्दा राम्रो हुन्छ । यदि तपाईलाइ अदुवाको स्वाद मन पर्छ भने त्यसको धुलो मिसाउँदा पनि यसले राम्रो काम गर्छ । अदुवा पनि एउटा राम्रो दुखाई कम गर्ने वनस्पति हो । एजेन्सीको सहयोगमा
