क्षेत्रीय प्रतिनिधीको गोली हानी हत्या

२३ माघ, धनुषा ।
नेपाली कांग्रेस धनुषा निर्वाचन क्षेत्र नम्बर १ का क्षेत्रीय प्रतिनिधी राजेन्द्र यावदको गोली हानी हत्या भएको छ ।

जिल्लाको बालाबाखरमा विवाहबाट घरमा फर्कदै गर्दा बाटोमा उनलाई गोली हानीएको थियो । यादवको घटनास्थलमै मृत्यु भएको छ ।

थप विवरण आउन बाँकी छ । प्रहरीले घटनाबारे अहिले अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

 source:onlinekhabar

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.