आजको सुनकाे मूल्य तीब्र दरमा उकालाे लाग्याे

काठमाडौं । याे सातामा सुनकाे मूल्य तीब्र दरमा उकालाे लाग्याे । एक साताको बीचमा नेपाली बजारमा सुनको मूल्य ३ हजार रुपैयाँले बढेको छ । अघिल्लो साताकाे शुक्रबार ५२ हजार ५ सय रुपैयाँ रहेको सुन हिजो शुक्रबार ५५ हजार ५ सय रुपैयाँ कामय भएको थियो । शनिबार पनि यही मूल्यमा कारोबार भइरहेको छ । गत आइतबार सुनको मूल्य तोलामा एकैपटक बढेर ५३ हजार ३ सय पुगेृको थियो । तर, सोमबार ३ सय रुपैयाँले सस्तिएको सुन ५३ हजार रुपैयाँमा कारोबार भएको थियो । मंगलबर सुन एकैपटक १ हजार रुपैयाँले बढ्यो । तोलको ५४ हजार पुगेको सुन बुधबार भने स्थिर रह्यो । बिहीबार फेरि सुनको मूल्यमा ५ सय रुपैयाँले वृद्धि भयो । शुक्रबार पनि एकैदिनमा सुन एक हजार रुपैयाँ महंगो भएपछि तोलाको ५५ हजार ५ सय रुपैयाँ पुग्यो । यसरी एक साताकै बीचमा सुन तोलाको ३ हजार रुपैयाँले बढ्दा उपभोक्ताहरु भने प्रभावित भएका छन् । सुन अहिले झण्डै डेढवर्ष यताकै महंगो विन्दुमा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढेकाले मूल्य पनि बढेको हो । त्यसै कारण सुन महंगो भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । कच्चा तेलको मूल्य घटेको र अमेरिकी डलर बलियो भएकाले सुनमा लगानी गर्नेहरु बढेका छन् । योरोजोनको अर्थतन्त्र बलियो नहुनु लगायतका कारण पनि सुनको मूल्य बढ्न प्रोत्साहन गर्ने तत्व हुन् । चाँदीको मूल्यपनि तोलमा ३० रुपैयाँले बढेको छ । आइतबार तोलाको ७१५ रुपैयाँमा कारोबार भएको चाँदी ७४५ रुपैयाँमा आइपुगेको छ । -
