बाबुराम भट्टराईकी एक्ली छोरी मानुषीको बिवाह बिस्कुट र खाजा खुवायर सम्पन्न
काठमाडौँ,बाबुराम भट्टराईकी एक्ली छोरी मानुषी यमी भट्टराईको तनहुँका जेकेन्द्र श्रेष्ठसंग विवाह सम्पन्न भएको छ। सानेपा स्थित भट्टराइकै निवासमा चिया, बिस्कुट र खाजाको प्याकेट खुवाएर सामान्य तरिकाले विवाह सम्पन्न गरिएको हो।
दुलहा दुलहीका आमावुवाले फुलगुच्छा दिएर उनीहरुको वैवाहिक जीवनको सफलताको कामना गरेका थिए । विवाहमा उपस्थित पाहुनाहरुलाई स्वागत गर्दै बाबुराम भट्टराईले फजुल खर्च नगरौं भन्ने सन्देशका विवाह सामान्य तरिकाले गरेको वताए ।
विवाह समारोहमा दुलहा दुलही दुवैले मन्तव्य दिएका थिए।
विवाहको कार्यक्रममा चीन र भारतका राजदूत, अख्तियार प्रमुख लोकमानसिंह कार्की, पूर्वसभामुख दमननाथ ढुंगाना, खगेन्द्र संग्रौला, देवेन्द्रराज पाण्डे, नायिका रेखा थापासहित नयाँ शक्तिका अभियान्ताहरुको उपस्थिति थियो।

