वीरगञ्ज नाका पुनः बन्द गर्न धर्नाकारी जाँदै

२२ माघ, वीरगञ्ज ।
वीरगञ्ज नाका खुलेको केही बेरमै पुनः बन्द गर्ने तयारीमा मधेशी मोर्चका कार्यकर्ता लागेका छन् । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवका प्रेस संयोजक महेर चौरसियाले नाका बन्द गर्न आन्दोलनकारीहरु मितेरी पुल जाँदै गरेको जानकारी दिएका छन् ।
उनले “आन्दोलनकारी कम भएको मौका छोपेर तस्कर समूह र स्थानीय प्रशासन मिलेर विरगञ्जको नाका अवरोध एकछिनलाई हटाउन सफल भएपनि आन्दोलनकारीको ठूलो समूह मितेरी पुल पुग्ने” जानकारी फेसबुकबाट दिएका हुन् ।
उपेन्द्र यादवका प्रेस संयोजक चौरसियाको फेसबुक स्ट्याटस
उनले वीरगञ्ज नाका केही बेरमै नाका पुनः अवरुद्ध हुने पनि दावी गरेका छन् ।
विगत ५ महिना देखि वीरगञ्ज नाकामा अवरोध गर्दै आएका मधेशी मोर्चाका धर्नाकारीहरुले आज दिउसो धर्नास्थल छोडेका थिए ।
नेपाली खेलाडीले बनाइदिए अम्पायरलाई नै कन्फ्यूज
यस अघि मधेशी नेताहरुले नाका अवरोधको आन्दोलनमा पुनरावलोकन गर्ने बताएपनि घोषितरुपमा नाका अवरोधको आन्दोलन सकिएको छैन ।
नेपालले बंगलादेशलाई हराउन सक्छ तर…
असोज ७ गतेदेखि बन्द नाका १ सय ३५ दिनपछि अवरोध हटेको थियो । नाकामा धर्नाकारी नभएपनि अझै पनि नाका भने सुचारु भएको छैन । केही गाडीहरु आएको भएपनि नियमित नाका खुल्न बाँकी रहेको समयमा धर्नाकारी पुनः त्यता लागेका हुन् ।source Nepaliheadlines.com
