बैवाहिक जिवन सफल बनाउन ध्यान दिनुपर्ने ६ कुरा

विवाह पुरुष र स्त्री बीचको एक यस्तो धर्म सम्बन्ध पनि हो जुन कर्तव्य र पवित्रतामा आधारित हुन्छ । यो एक वैज्ञानिक तथ्य पनि हो । शारिरीक,मानसिक, र आध्यात्मिक स्तरमा स्त्री र पुरुष दुबै अधुरा हुन्छन् । स्त्री र पुरुषको मिलनले नै यो अधुरोपनलाई टाढा राख्न सक्छन् । त्यसैले बैवाहिक सम्बन्धलाई लामो समयसम्म टिकाई राख्न श्रीमान् होस् या श्रीमती दुबैले यी ६ कुरालाई कहिल्यै नबिर्सिनुहोस् ।

१. संयमी बन्नुहोस्
संयमी भन्नाले समय समयमा उठ्ने मानसिक उत्तेजना जस्तो कामबासना, रिस, लोभ, अहंकार तथा अति मोह यी सबै कुरामा संयमित हुनुहोस् । यसको ज्वलन्त उदाहरण भगवान श्री राम र सीताको सम्बन्धलाई मान्न सकिन्छ । भगवान् राम र सीताले पूरै वैवाहिक जीवन संयमी एवं प्रेमपूर्वक बिताएका थिए ।
२.समर्पण
बैवाहिक जीवनमा श्रीमान् श्रीमती एक अर्काप्रति पूरा सर्मपण र त्यागको भावनाले भरिएको हुनु पर्छ । एक अर्काका लागि आप्mना व्यक्तिगत इच्छाहरूलाई त्यागी दिनुहोस् । आपसी समझदारीले सम्बन्धलाई बलियो बनाउ“छ र यो जरुरी पनि छ । यसलाई कहिल्यै नभूल्नुहोस् ।
३. सन्तुष्ट हुन सिक्नुहोस्
जे छ त्यसैमा रमाउनुहोस् । आफुसँग नभएको र न सक्ने कुरामा कसैले जिद्धि नगर्नुहोस् । सन्तोष नै ठूलो सुख हो । यसको ज्वलन्त उदाहरण भगवान् श्रीरामलाई लिन सकिन्छ । किनकी राम र सीताले जति दुःखमा पनि एकअर्कालाई कहिल्यै आरोप प्रत्यारोप गरेनन् जे प¥यो त्यो सहे ।
४. जीवनसाथीको लागि सङ्कल्प गर्नुहोस्
श्रीमान् श्रीमतीको सम्बन्धलाई प्रगाढ राख्नको लागि सँधै प्रयत्नरत हुनुहोस् । यसप्रति दृढ संङ्कल्पित हुनुहोस् । एक अर्कालाई सधैं खुशी र सुखी राख्न तत्पर रहनुहोस् । वैवाहिक जीवनलाई खुशीले भरिपूर्ण बनाउनुहोस् । यसका लागि शारिरीक, आर्थिक र मानसिक अवस्थालाई सधैं सफल बनाउने प्रयास गर्नुहोस् ।
५.सन्तानप्रति ध्यान दिनुहोस्
वैवाहिक जीवनमा सन्तानको महत्वपूर्ण स्थान हुन्छ । पती पत्नीबीच सम्बन्ध मधुर र बलियो बनाउन बच्चाको पनि भूमिका रहन्छ । यसकारण सन्तानलाई राम्रो संस्कार दिनु पर्दछ । सन्तानको बानी व्यहोरा र स्वभावलाई सुधार गर्नुपर्दछ । राम र सीताको सम्बन्धलाई पवित्र सावित गर्न उनका छोरा लब र कुशले महत्वपूर्ण भूमिका निभाएका थिए । जसको कारण हो सीताले सिकाएको असल संस्कार ।
६. एक अर्काको भावनालाई कदर गर्नुहोस्
श्रीमान श्रीमतीले एकअर्काको भावनालाई कदर गर्नुपर्छ । स–साना कुराहरूमा अनावश्यक प्रेशर नलिनुहोस् । कुनै पनि काम गर्न बाध्यता सिर्जना नगर्नुहोस् । घरपरिवारलाई बेफाइदा हुने र प्रतिकुल अवस्था सिर्जना हुने खालका कुनै पनि काम नगर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.