फेरी घट्यो आमिरलाइ रुवाउने घटना, स्वीकार्दै भने 'मलाई छिट्टै रुन आइहाल्छ'
बलिउडका नायक आमिर खान भन्छन् कि उनि छिट्टै रोइहाल्छन्।
सोमबार फिल्म ‘नीरज’ को विशेष स्क्रिनिंगमा आमन्त्रित आमिरले फिल्म हेरेपछि भने, ‘यो साँचो हो कि म छिट्टै रोइहाल्छु, तापनि यो फिल्ममा सबैको अभिनय देखेर मरो आँखामा आँसु आएको छ।’
केही महिना पहिले सन् २०१५ मा पनि आमिरको आँसु चर्चाको विषय बनेको थियो। सो बखत आमिर सलमान खानको फिल्म ‘बजरंगी भाईजान’ हेरेर रोएका थिए।
फिल्मकै कुरा गर्दा गर्दै आमिरले आफ्नो डरको बारेमा पनि बताए। उनले भने, ‘मलाई आफ्नो परिवारको निकै चिन्ता हुने गर्छ। कोही बाहिर गए बारम्बार फोर गरेर सोध्ने गर्छु कि उनिहरु कहाँ छन्।’
आईतबार राती मुम्बइमा चलेको ‘मेक एन इन्डिया वीक’ को एक सांस्कृतिक कार्यक्रमको क्रममा लागेको आगो बेला आमिर खान पनि सोही स्थानमा उपस्थित थिए।
उनले भने, ‘म त्यहाँ एक प्रस्तुतीको लागि पुगेको थिए जुन त्यो घटनाको कारण हुन सकेन।’
आमिरले आफ्नो आउन लागेको फिल्म ‘दंगल’ को लागि आफ्नो तौल घटाउँदै छन्। उनि भन्छन् यो प्रक्रियाको लागि अझै ३-४ महिना थप लाग्नेछ।