नयाँ वर्षको स्वागत गर्ने क्रममा दुबईको प्रख्यात होटलमा आगलागी १४ जना घाइते

दुबई, पुस १७ । विश्वभर नयाँ वर्ष २०१६ को स्वागत भइरहँदा दुबईमा भने एउटा प्रख्यात होटलमा आगलागी भएको छ । नयाँ वर्षको स्वागतका लागि विशेष कार्यक्रम आयोजना भइरहेको समयमा ‘एड्रेस होटल’ मा आगलागी भएको हो ।
आगो कसरी लाग्यो भन्नेबारे प्रष्ट हुन सकेको छैन । प्रत्यक्षदर्शीका अनुसार आगोको ज्वाला एक हजार फिटभन्दा माथि उठेको थियो ।
आगलागीमा १४ जना घाइते भएको जनाइएको छ । आगो नियन्त्रणका लागि कयौं दमकल परिचालन गरिएको थियो । (एजेन्सी)
