दुर्घटनामा नेताको निधन भएपछि उत्तर कोरियामा शोक!!!

उत्तर कोरियाली शासक किम जोङ उनका सहयोगी नेताको कार दुर्घटनामा निधन भएको त्यहाँको सञ्चार माध्यमले जनाएको छ ।

सत्तारुढ वर्कर्स पार्टीका नेता किम याङ गनको ७३ वर्षको उमेरमा कार दुर्घटनामा निधन भएको उत्तर कोरियाली समाचार संस्था केसिएनएले जनाएको छ ।

वर्कर्स पार्टीका सचिव समेत रहेका उनी दक्षिण कोरियासँगको सम्बन्ध सुधारमा मुख्य भूमिका खेलेका ब्यक्ति पनि थिए ।

२ कोरियाबीच भएको गोलाबारी र युद्धको तयारीपछि उच्चस्तरीय समितिमा रहेका उनको निधनप्रति त्यहाँका सञ्चार माध्यमले शोक ब्यक्त गरेका छन्।

उनको अन्त्यष्टिका लागि किम जोङ उनको नेतृत्वमा ८० सदस्यीय समिति बनाइएको छ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.