संसारकै सबैभन्दा महंगो अपार्टमेन्टः एउटाको मूल्य ५ अर्व १२ करोड (फोटो फिचर)

एउटा समय थियो जतिबेला गगन चुम्बी अग्ला भवन पश्चिमा राष्ट्रका निजी सम्पति जस्ता मात्र लाग्थ्यो । तर अव जमाना बदलिएको छ ।अग्ला भवन विश्वभरी नै बन्न थालेका छन् । तर महंगा अपार्टमेन्टमा भने दुवइले संसारलाई नै उछिन्न खोज्दैछ ।
बेलायती पत्रिका मिररका अनुसार संसारकै महंगा अपार्टमेन्ट अव दुवइमा पाइन्छन् । पाम जेमराह भनिने मानव निर्मित टापुमा बनेका अपार्टमेन्टको मूल्य सुन्दा साँच्चिकै अचम्म लाग्छ ।
केवल ८ बेडरुम भएको यो अपार्टमेन्टको मूल्य ५ अर्व १२ करोड पर्ने मिररले जनाएको छ । यहाँ एक इनफिनिटी पूल, १२ ग्यारेज र एक मेड क्वार्टर रहने छ ।
यो अपार्टमेन्ट बिल्डिङ सन् २०१७ सम्म निर्माण सम्पन्न हुनेछ । यसलाई प्राइभेट टेम्पल अर्थात निजी मन्दिर समेत भन्ने गरिएको छ ।
यो अपार्टमेन्ट ४२ हजार ४७७ वर्गफिटमा फैलिएको हुने छ । यहाँ १६ हजार ६४१ बर्गफिटको बालकोनी हुनेछ भने आउटडोर टेरेस समेत रहनेछ ।
यस अघि दुवइको बुर्ज खलीपा १ फ्ल्याटलाई १०६ करोड अर्थात १ अर्व ६ करोडमा बेचिएको थियो ।
sourceNPheadlines
