अनौठो ताल, तालको पानीमा श्राप, पानी पिउदा ढुङ्गामा परिणत भए-(तस्बिर सहित)

उत्तरी तान्जानियामा भुकम्पको कारण बनेको नेट्रोन तालको अनौठो भ्रम फैलिएको छ। मानिसहरु सो ताल श्रापित छ भन्दै ताल नजिक जान समेत डराउने गरेका छन्। तालमा पुग्ने कुनै पनि जीवले त्यहाँको पानी पिउन सक्दैन, बरु पानी छुनासाथ ती पत्थरमा परिणत हुन्छन।
यस्तो कहानीले चर्चा पाएसंगै मानिसहरु नजिकको गाउँ छोडेर अन्यत्रै सरेका छन्। तालको नजिक पशुपन्छीका ढुङ्गे मुर्ति फेलापरेका छन्। मुर्तिमा यस्तोसम्मको कलाकारिता छ कि लाग्छ मानवले यी ढुङ्गे मुर्ति तयार गरेका होइनन्। जनावरको रौं रौं ढुङ्गाले बनेको मुर्ति हेरेर कुनै न कुनै समय पक्का पनि त्यहाँ पशुपन्छी ढुङ्गामै परिणत भएको कुरामा विश्वास लाग्छ।
साँचो के हो?
तालको पानी खाने पशुपन्छी श्रापको कारण नभइ पानीमा भएको रसायनको कारणले ढुङ्गा झै बनेका हुन। यो तालमा पानीमा सोडा र नुनको मात्रा सामान्य भन्दा कयौं गुणा अधिक रहेको पर्यावरणविद् तथा वाइल्ड लाइफ फोटोग्राफर ब्रेंडेटले आफ्नो किताब ‘एक्रस द रेवेज्ड ल्याण्ड’मै लेखेका छन्।

पानीमा भएको यस्तो रसायनले पशुपन्छी क्याल्सिफाइड हुन्छन् र मृत शरिर सुरक्षित हुन्छ। पानीमा क्षारको मात्रा निकै बढी छ। पानीको पीएच ९ देखि १०.५ सम्म मापन गरिएको छ, अर्थात पानी अमोनिया जस्तो छ।
तालको पानी पनि ६० डिग्री सेन्टीग्रेड भन्दा माथी पुग्ने गरेको बताइन्छ।
साथै पानीमा ज्वालामुखीको खरानीमा पाइने तत्व समेत भेटिएको छ। यो तत्वको प्रयोग मिश्रमा सदियौं पहिले लास नकुहियोस् भनि प्रयोग गरिन्थ्यो। त्यसैले यो तालमा अधिक समय बिताउने जनावर रासायनिक मृत्युको शिकार हुने गरेका छन्।