नेपालमा फेरी शक्तिशाली भुकम्प..

४ पुस , काठमाडौं । बाजुरामा ५ दशमलव ५ रेक्टर स्केलको भूकम्प धक्का महसुस गरिएको छ । शनिवार बिहान ४ बजेर २ मिनेटमा बाजुराको जगननाथ आसपास केन्द्रविन्दु भएर भुकम्प गएको हो ।


५ दशमलव ५ रेक्टर स्केलको यो भुकम्प पराकम्प नभएको र वैशाख १२ गते बाह्रपाक केन्द्र गरेर गएको ७.८ रेक्टर स्केलको भुकम्पसंग कुनै सम्वन्ध नरहेको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।

भुकम्पको धक्का सुदुरपश्चिम र मध्य पश्चिमसहित कास्की, गुल्मी, बाग्लुङ, पाल्पा लगायतका पश्चिमका जिल्लामा यसको धक्का महशुस गरिएको छ । भूकम्पपछि साना पराकम्प गइरहेको केन्द्रले जनाएको छ ।

भुकम्पबाट क्षति भएको नभएको बारे कुनै जानकारी प्राप्त भएको छैन्।source:tazakhabar

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.