यस्तो रहेछ उत्तर कोरिया..(फोटो फिचर)

संसारले नदेखेको कडा कम्युनिष्ट देश उत्तर कोरियाका केही झलक एक पश्चिमेली पत्रकारले सार्वजनिक गरेका छन् । उत्तर कोरियाले नचाहँदा नचाहँदै सार्वजनिक भएका यी तस्विर पछाडीको कहानी पनि कम्ति रोचक छैन् ।
संसारबाट एक्लाइएको बन्द देश उत्तर कोरियाले सेप्टम्बरमा एक स्विडिस पत्रकार जोहान निलन्डरलाई आफ्नो देशमा आमन्त्रित गरेको थियो । उत्तर कोरियाबाट चीनसम्मको अन्तराष्ट्रिय बाइक रेस प्रतियोगिताको फोटो खिच्न जोहानलाई बोलाउँदा उत्तर कोरियाली सरकारले जस्ता सुकै फोटो खिच्न अनुमति प्रदान गरेको थियो तर यसमा अड्न भने उत्तर कोरियाली सरकार सकेन ।
उनलाई दुई कुरामा प्रतिवन्ध लगाइएको थियो एउटा उत्तर कोरियाली सेना, ऊ सम्वन्धित वस्तु र कोरियाली शासकहरूको तस्विर नखिच्ने र एक्लै निहिड्ने । जोहानका लागि पनि संसारलाई उत्तर कोरिया चिनाउने अदभुत अवसर थियो त्यो । फोटोग्राफर जोहानलाई एउटा कार र एकजना गाइड पनि कोरियाली सरकारले दिएको थियो । उनले कयौं तस्विर खिचेका पनि थिए ।
उत्तर कोरिया र चीनको सिमाना नजिक पुगेपछी उत्तर कोरियाका सैनिकले उनको क्यामेरा खोसेर उनले खिचेका ९० वटा तस्विर डिलिट गरिदिए । तर, उनले हङकङ आएर कम्प्युटर विज्ञहरुको सहयोगमा ती सबै तस्विरहरू रिस्टोर गरे । हाल तिनै इन्टरनेटका पानामा चर्चा बटुलेका छन् ।(source:meroarticle)
