अर्को साताबाट भुकम्प पीडितलाई १० हजार

१८ मंसिर, काठमाडौं ।

भूकम्प पीडीतलाई जाडो समयका लागि न्यानो कपडा खरिदका लागि दिने भनिएको १० हजार रुपैयाँ आगामी साताबाट वितरण गरिने भएको छ ।




जिल्ला प्रशासन कार्यालयहरुमा रकम निकासाको लागि शुक्रबार नै अख्तियारी जाने भएकाले आगामी साताबाट उक्त रकम वितरण हुने गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार जिल्ला प्रशासन कार्यालयहरुले पूरानै कार्यविधिको आधारमा सो रकम वितरण गरिने कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.