रहस्यमय दुर्घटनामा एक जनाको मृत्यु........
![](http://1.bp.blogspot.com/-N8gMoT-hDik/VAoWqa7MhVI/AAAAAAAABxY/lMgXKZbV-Vo/s1600/videoclics.png)
१३ मंसिर, रत्ननगर (चितवन)।
चितवनमा रहस्यमय दुर्घटनामा एक पुरुषको मृत्यु भएको छ ।
गएराति करिब ११ बजेको समयमा जिल्ला अदालत, चितवन अगाडि घाइते अवस्थामा फेला परेका स्थानीयवासी एक व्यक्तिको उपचारका क्रममा राति नै भरतपुर अस्पतालमा ज्यान गएको हो ।
चितवनका प्रहरी नायब उपरीक्षक राजन अधिकारीले सवारी साधनले ठक्कर दिएको जस्तो देखिने भरतपुर– ११ का ३८ वर्षीय एकप्रसाद दाहालको उपचारका क्रममा ज्यान गएको जानकारी दिनुभयो । सवारी साधनको खोजी भइरहेको र घटनाको अनुसन्धान भइरहेको अधिकारीले बताए ।
भरतपुरको भित्री सडक चौबीसकोठीबाट मालपोत चोक जाने क्रममा सवारीले ठक्कर दिएको प्रहरीले अनुमान गरेको छ ।
उनको साथमा पासपोर्टसमेत फेला परेको र के कारणले राति त्यहाँ आएका थिए भनेर अनुसन्धान भइरहेको छ ।source
Nepaliheadlines.com
![](http://1.bp.blogspot.com/-N8gMoT-hDik/VAoWqa7MhVI/AAAAAAAABxY/lMgXKZbV-Vo/s1600/videoclics.png)