अमेरिकालाई सावधान हुन चराको संकेत, सबै चकित

अमेरिकाको न्युयोर्क सहरमा ‘शेरिल गिल्बर्ट’ले एक अनौठो दृश्य को भिडियो लिएका छन्। उनिले ब्रुकलिनमा विलियम्सबर्ग ब्रिजबाट यात्रा गर्ने क्रममा चराहरुको झुंडले नाच गरिरहेको यो भिडियो लिएका थिए। खासै महत्त्व नरहेको यो भिडियो रसियाको टिभिमा पुगेपछि यसले ठुलो हल्ला फैलायो। यो टिभि च्यानलले यस भिडियोमा चराहरुबाट बनेको एक अनौठो दृश्य देख्यो। यो दृश्य अरु केहि नभएर रसियाको राष्ट्रपति भ्लादिमिर पुटिनको अनुहारको थियो।
अहिले यो ११ सेकेण्डको भिडियोलाई युट्युबमा लाखौँ मानिसले हेरिसकेका छन्। यस भिडियोमा राष्ट्रपति पुटिनको अनुहार १ सेकेण्ड भन्दा कम समयसम्म भएपनि प्रष्ट देख्न सकिन्छ।
vladimir putin face शेरिलका पति ग्रेगरी वेष्टले यो भिडियो अपलोड गरेर यो अनुहार कस्को हुनसक्ने भनेर प्रश्न गरेका थिए। यस भिडियो हेरेपछि कतिले एप्पलका संस्थापक स्टिव जब्सको अनुहार अथवा पुर्व हलिउड नायक रबिन विलियम्सको जस्तो अनुहार भएको सुझाव दिएका थिए। तर धेरैजसोको प्रतिक्रिया यो प्रकृतिले दिएको संकेत हुनसक्ने बारेमा थियो। रसियाको एक टिभि च्यानलको हातमा उक्त भिडियो पुगेपछि उनिहरुले यो अनुहार राष्ट्रपति पुटिनसँग ठ्याक्कै मिल्ने बताए।
vladimir putin face (2) यसपछि रसियाका जनताले पनि यसबारे समर्थन जनाए। कतिले व्यंग्यको रुपमा यो पुटिनको महिमाको प्रतिरुप हो भनेर प्रतिक्रिया जनाएका थिए। तर धेरैजसो ले यो अमरिकालाई रसियासँग युद्ध गर्ने सोच नराख्न संकेत दिइएको हो भनेर बताए।
by:npheadlines
