१ लिटर पानीले कयौ किलोमिटर गुड्ने मोटरसाइकल (भिडियो सहित)

ब्राजिलको साओ पावलोमा बस्ने रिकार्डो अजेभेडो नामका एक ब्यक्तिले अनौठो मोटरबाइकको आविस्कार गरेका छन् । पानीबाट चल्ने मोटर साइकल बनाएर उनले दुनियाँलाई चकित पारेका हुन् ।
रिकार्डोले बनाएको मोटरसाइकल १ लिटर पानीले ५०० किलोमिटर गुड्न सक्छ । “T Power H20” नामको यो मोटरसाइकलमा एक कारको ब्याट्री जोडिएको छ । जसले पानीबाट हाइड्रोजनका मोलिक्युललाई टुक्राउने काम गर्छ ।यसकै कारण उत्पन्न उर्जाले मोटरसाइकल गुड्न सक्छ ।
भिडियोमा रिकार्डोले पहिले आफूले पिएको पानी मोटरसाइकलमा हालेको देखिन्छ । अनि मोटरसाइकल समेत चलेको छ । यो बाइकमा खोलाको धमीलो पानि समेत इन्धनकोरुपमा प्रयोग गर्न सकिने उनको भनाइ छ ।
हेर्नुस् भिडियोः
