पाकिस्तानले अमेरिकालाई भन्यो- भारतले अति गर्न थाल्यो, के गर्ने ?

काठमाडौं,  हाल अमेरिका भ्रमणमा रहेका पाकिस्तानका सेना प्रमुख(आर्मी चीफ जनरल) राहिल शरिफले भारतको कडा अलोचना गरेका छन् ।

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारलाई पाकिस्तान र नेपालको ‘भिलेन’का रुपमा परिभाषित समेत गरेका छन् । पाँच दिने भ्रमणका सिलसिलामा अमेरिका पुगेका जनरल चीफ शरिफले अमेरिका-पाकिस्तान उच्च अधिकारी बैठकमा पाकिस्तान र नेपालमा भारतका प्रधानमन्त्री मोदीले विभिन्न वहानाबाजी गरेर अशान्ति र आंतक मच्चाएको बताए ।

जनरल चीफ शरिफले बैठकमा नेपालभन्दा पनि पाकिस्तानको कुरा बढी उठाएका थिए । उनले मोदी सरकारका अधिकांश मन्त्रिहरुले जथाभावी बोलेर पाकिस्तानसँग निहुँ खोजेको बताए । ‘भारत पाकिस्तानबीच बढेको सीमा तनाव, बढ्दो दुरी र नेपालको नाकाबन्दीको मुख्य कारण नरेन्द्र मोदी नेतृत्वको सरकार पाकिस्तान र नेपालका लागि भिलेन जस्तै बनेको छ ।’ जनरल चीफ शरिफको भनाईलाई उद्धृत गर्दै भारतीय पत्रिका नवभारत टाइम्सले लेखेको छ ।source:tazakhabar

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.