एमाओवादी सरकारको विकल्पमा लागेको हल्ला मात्र : प्रचण्ड

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसको पार्टी महाधिवशेन पछि सहमतिको सरकार गठन गर्ने वा अन्य विकल्पमा जाने बातावरण बन्ने बताएका छन ।

रिपोर्टर्स क्लब नेपालको अन्तरक्रियात्मक देउसी भैलो कार्यक्रममा बोल्दै उनले भने,‘ सबै दललाई एक बनाएर संविधान जारी भएको अवस्थामामा मुलुकलाई विकास तिर लिएर जानु पर्ने आवश्यकता भए पनि बिडम्बना काँग्रेसलाई साथ ल्याउने बातावरण बनेन तर हामी अहिले पनि छलफल गरिरहेका छौ । राष्ट्रिय मुद्दा र चुनौती सामनामा एक भएर जानु पर्छ ।


सरकार निर्माण गर्दा काँग्रेस छुटेकोले अहिले आईहाल्न गाह्रो हुन्छ । महाधिवेशन भएपछि सहमतिको सरकार वा नयाँ विकल्पमा जाने बातावरण बन्छ ।’

अध्यक्ष प्रचण्डले अहिले सरकार बदल्ने कुरा कल्पना समेत गर्न नसकिने भन्दै प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध एमाओवादी काँग्रेससँग मिल्ने कुरा गलत भएको स्पष्ट पारे ।

उनले भने–मलाई प्रधानमन्त्री वा राष्ट्रपति बन्नु भन्दा मैले म दाबेदार होईन, अहिले जे गर्दैछु त्यही ठिक छु । अहिले एमाओवादी सरकारको विकल्पमा लाग्यो भन्ने कुरा सरकारमा गएको मन नपराउनेहरुले आविस्कार गरेको हल्ला मात्रै हो । सुकुटेमा गएर मैले कार्यकर्ताहरुलाई यस्तो भनेको छैन र सोचेको पनि छैन । यो हल्ला मात्रै हो ।’


प्रचण्डले पर्सिभित्र सत्तारुढ दलको तर्फबाट मुलुकको यथार्थ अवस्थाको विषयमा संयूक्त बक्तब्य आउने जानकारी दिदै मधेसको समस्या समाधान गर्न मधेस र काग्रेससहित सबै एकै ठाँउमा उभिने बताए ।

मधेसका धेरै समस्या दुई चार दिनमा समाधान गर्न आफूहरु लागि परेको जानकारी दिदै उनले भने,‘ मधेसको विषयमा धेरै छलफल भएको छ । मैले मधेसी शिर्ष नेताहरुसँग लगातार छलफल गरेको छु । सकारात्मक सन्देशहरु देखिएका छन । अब यो समस्यालाई यो भन्दा धेरै तन्किन दिनु हुँदैन । संविधान संसोधन प्रस्तावलाई अगाडि बढाउनु पर्छ । सीमांकन राजनीतिक संयन्त्र मार्फत राजनीतिक सहमतिमा गर्नु पर्छ ।’

प्रचण्डले नेपाली जनताले ऐतिहासिक रुपमा धैर्यतापूर्वक समस्यालाई हेरिरहेकोले मधेस र नाकाबन्दीको समस्या समाधान गर्नु पर्नेमा जोड दिदै संविधान बनाउनु नेपालीको अधिकार भएकोले मधेसको समस्या पनि नेपालीहरुले समाधान गर्ने विश्वास ब्यक्त गरे ।

उनले छिमेकीसँग शत्रुता र झगडा मोल्न नेपालले नखोजेको भन्दै संविधान निर्माण गरेर विकासको बाटोमा जाने नेपालीहरुको उद्देश्य हुँदा हुँदै नाकाबन्दी थपिएको गुनासो गरे ।

प्रचण्डले भारतले पनि नाकाबन्दीलाई रियलाईज गर्ने र आफूहरुले पनि समस्या हल गर्न तिर कदम बढाउने भन्दै भारतबाट नेपालमाथि अनावश्यक रुपमा नाकाबन्दी थोपरिकै दावी गरे ।

उनले भारतीय राजदुतसँग शुक्रवार भेटेर सहज नाका खोल्नुको विकल्प नभएको र नाका सहज बनाए नेपालको बातावरण पनि सहज बन्ने सुझाव दिएको भन्दै आफ्नो राष्ट्रिय हितलाई केन्द्रीत गरेर समय सुहाउँदो नीति बनाएर नयाँ धरातलमा भारतसँगको सम्बन्ध पुर्नपरिभाषित गर्नु पर्ने अवस्था आएको बताए ।

प्रचण्डले भारतको नाकाबन्दीले नेपाललाई विभिन्न विकल्प खोल्ने अवसर दिएको भन्दै यो नेपालको लागि चुनौति र अवसरको रुपमा आएको बताए ।

उनले भने,‘ भारत र चीन पनि विभिन्न देशको ब्यापारमा निर्भर छन । एउटै देशसँग निर्भर छैनन । यसले हामीलाई एउटै देशको निर्भरता घटाउने अवसर दिएको छ । ब्यापार विविधिकरण गरेर जनताको हित गर्नु पर्छ ।’

संविधान जारी हुनुलाई जनताको विजय भने पनि यसको कार्यान्वयन चुनौतिपूर्ण भएको उल्लेख गर्दै प्रचण्डले भने,‘ सरकार र राष्ट्रपति आउँदा यो संविधान फरक प्रकृतिको हो भन्ने देखिन्छ । राष्ट्रिय स्वाधिनता र समावेशिताको पक्षमा उभिएको छ । सबै मिलेर संविधान जारी गरेको भए राम्रो हुन्थ्यो । त्यसले केही न केही असहज स्थिति छ । त्यो मधेसलाई सामेल गर्न नसक्नुको परिणाम हो ।

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.