अष्ट्रेलियामा भारत विरुद्ध विशाल प्रदर्शनको तयारी
अष्ट्रेलियामा भारतको नाकाबन्दी विरुद्ध प्रदर्शनको तयारी गरिएको छ। एनआरएनए अष्ट्रेलियाको आयोजनामा अष्ट्रेलिया भरि भारतको नाकाबन्दी विरुद्ध शान्तिपुर्ण विरोध प्रदर्शन गर्न लागिएको छ।
अष्ट्रेलियाका सबै स्टेटमा आउँदो नोभेम्बर २० तारिका दिन साँख ५ बजे विरोधको कार्यक्रम राखिएको छ।
धेरै नेपाली रहेको सिड्नीमा भने मार्टिन प्लेसमा विरोध कार्यक्रम राखिएको छ। एनआरएन अष्ट्रेलियाले सो दिन सबै नेपालीलाई भेला भएर भारतको अघोषित नाकाबन्दीको विरोध गर्न आह्वान गरेको छ।
केही दिन अघि बेलायत भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विरुद्ध नेपालीहरुले प्रदर्शन गर्दा संसारभरिका मिडियाको ध्यान खिचिएको थियो।
भारतले गरेको अघोषित नाकाबन्दीबाट नेपालको जनजीवन कष्टकर हुँदै गएपछि संसारभरका नेपालीहरु नाकाबन्दीविरुद्ध उत्रिएका छन्।
सामाजिक सञ्जालहरुमा देखिएको आक्रोश अब विस्तारै विरोध प्रदर्शनतर्फ अघि बढ्न थालेको छ ।

