-आज बिहान सुन्धरा गोलीकाण्ड र घाइतेको अवस्था यस्तो छ (हेर्नुहोस भिडियो सहित)
![](http://1.bp.blogspot.com/-N8gMoT-hDik/VAoWqa7MhVI/AAAAAAAABxY/lMgXKZbV-Vo/s1600/videoclics.png)
मिडिया एनपी, काठमाडौं, १३ मंसिर । एसएलआर हतियार सहित भागेका प्रहरी जवानलाई नियन्त्रणमा लिने क्रममा काठमाडौंको सुन्धरामा आइतबार बिहान गोली चलेको छ । हतियार सहित भागेका रौतहटका छोटेलाल ठाकुरलाई नियन्त्रणमा लिने क्रममा उनी बसेको गेटहाउसमै गोली चलेको हो ।
प्रहरीको खोजीमा रहेका ठाकुर सुन्धरास्थित लुम्बिनी गेष्ट हाउसमा रहेको थाहा पाएपछि आइतबार बिहानै पुगेको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीलाई देख्ने वित्तिकै उनले गोली चलाउने प्रयास गरेको प्रहरीको भनाइ छ ।
ठाकुरले गोली चलाउने प्रयास गरेपछि महाशाखाको टोलीले जवाफी फायर खोलेको प्रहरीको दावी छ । दुवै खुट्टामा गोली लागेर हाल वीर अस्पतालमा उपचार गरिरहेका ठाकुर प्रहरीबाट हतियार सहित भागेपछि लुटपाट, फिरौती संकलन लगायतका आपराधिक कृयाकलापमा संलग्न भएको प्रहरीले जानकारी दिएको छ । हतियार लिएर भागेका ठाकुर यसअघि रौतहटमा कार्यरत रहेको प्रहरीको भनाइ छ ।
![](http://1.bp.blogspot.com/-N8gMoT-hDik/VAoWqa7MhVI/AAAAAAAABxY/lMgXKZbV-Vo/s1600/videoclics.png)