पेट्रोलिमय पदार्थको मूल्य घट्यो, अब १३ सय ७५ रुपैयाँमै खाना पकाउने ग्याँस पट्रोल अब प्रतिलिटर ९७ रुपैयाँमा उपलब्ध
मिडिया एनपी, काठमाडौं, साउन १८। नेपाल आयल निगमले पेट्रोलिमय पदार्थको मूल्य घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको जानकारी भारतीय आयल कर्पोरशेनले निगगमलाई जानकारी दिएपछि पेट्रोलिमय पदार्थको मूल्य घटेको हो।
निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मटि्टतेल र एलपीजी ग्यासको मूल्य घटाएको जनाएको छ।
petrol
निगमले ९९ रुपैयाँ लिटरको पेट्रोललाई २ रुपैयाँ घटाएर पट्रोल अब प्रतिलिटर ९७ रुपैयाँमा उपलब्ध गराउने छ। यस्तै डिजेल र मटि्टतेल समेत लिटरमा २ रुपैयाँ सस्तो बनाएको छ।
यसअघि प्रतिलिटर ७५ रुपैयाँ पर्ने डिजेल र मटि्टतेल अब प्रतिलिटर ७३ रुपैयाँमा पाइनेछ। यसैगरी एलपीजी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर २५ रुपैयाँ कम गरेको छ। यसअघि १४ सय रुपैयाँ प्रतिसिलिन्डरमा पाइने ग्यास अब १३ सय ७५ रुपैयाँमै उपलब्ध हुनेछ।