सुनै सुनले पुरीएको बिरालो फोटोशेसन गर्ने क्रममा फरार, गाउँले र प्रहरीले खोज्दा पनि भेटिएन:

साउन २५, एजेन्सी । घाँटी र अनुहार भरी सुनका गहना लगाएको पाल्तु बिरालो हरायो भन्दा तपाईलाई एकादेशको कथा जस्तो लाग्ला । यो खबर भारतको सत्य घटना हो । भारतको राजस्थानका फूलारामकी श्रीमती र उनका बालबच्चाहरु नियमित जसो नै घरभित्र खेलिरहेका थिए । खेल्ने क्रममा उनीहरुले आफ्नो पाल्तु बिरालोलाई भएभरका गहना लगाइदिएर फोटोसेसन गर्ने योजना बुन्दै गए । परिवारका सदस्यले एक पछि अर्को गर्दै गहना ल्याउँदै धमाधम बिरालालाई लगाइदिन प्रतिस्पर्धा नै गर्न थाले ।


पालै पालोे फोटो फोटोशेसन गर्ने क्रम नै केही बेर जारी रहेको भारतीय मिडियाले उल्लेख गरेको छ । स्रोतका अनुसार फोटोशेसन चलीरहेका बेला बिरालो हावा झै कता बत्तायो बत्तायो । गहनाले पुरीएको बिरालोलाई खोज्नका लागि पूरै गाउँ उर्लियो छ तर कतै पनि बिरालोलाई गाउँलले भेटेनन् । यस बिषयमा प्रहरीलाई समेत जानकारी गराइएको छ । प्रहरीले बिरालो धेरै टाढा नगई नजिकैका गाउँलेले लुकाएर राखेको हुन सक्ने अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Powered by Blogger.