Flash News २९ जना सवार भारतीय वायुसेनाको बिमान बेपत्ता पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.
श्रावण ७, २०७३ भारतमा वायुसेनाको एक विमान बेपत्ता भएको छ । सो बिमानमा २९ जना सवार छन् । पोर्ट ब्लेयरबाट चेन्नइका लागी उडेको विमान सम्पर्कविहिन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । वायु सेना, नौ सेना तथा तट रक्षकको टोलीले बिमानको खोजी गरिरहेको छ । स्थानीय समय अनुसार विहान ८ बजेर ४६ मिनेटमा अन्तिमपटक सञ्चार सम्पर्क भएको बिमानको राडार सिग्नल ९ बजेसम्म देखिएको बिमानस्थललाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विमानले सशस्त्र बलका लागि नियमित उडान भरेको थियो ।

