ओलीले राजीनामा दिएपछि के भने हाँस्यकलाकार दिपकराज गिरीले ?

काठमाडौँ, ११ साउन - प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिइसकेपछि हाँस्यव्यंग्य कलाकार दिपकराज गिरी आफ्नो फेसबुक पेजमा टिप्पणी गरेका छन्।
उनले टिप्पणीमा प्रधानमन्त्री ओलीलाई जनताको प्रधानमन्त्री भएको संकेत गर्दै उनको नाम सधै स्मरण भइरहने बताएका छन्।
उनले लेखेका छन्, ’मेरो सामान्य ज्ञान कमजोर छ, इतिहासका ४ वटा प्रधानमन्त्रीको नाम पनि याद छैन तर तर यो पछिल्लो नाम सधै याद रहनेछ।’
उनले आफू एमाले नभएको र एमालेलाई कहिलै भोट नदिएपनि ओलीको सम्मोहन कलाले प्रभावित भएको उनको टिप्पणी छ।
